एप्लिकेसन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
काठमाडौं । अध्यागमन विभागले नेपाली नागरिकको विदेश भ्रमणसम्बन्धी विवरण अब नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको हो ।
नयाँ व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राहीले विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरणसमेत देखिने भएकाले व्यक्तिगत विवरण सुरक्षित रहने विभागको भनाइ छ ।
यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट, विवरण प्राप्त गर्न लाग्ने समय तथा विभागको कार्यबोझ बढ्ने समस्या रहेको विभागले जनाएको छ । नयाँ व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए ।
उनका अनुसार नागरिक एपमार्फत प्राप्त भ्रमण विवरणलाई विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आधिकारिक स्रोतका रूपमा समेत प्रयोग गर्न सक्नेछन् । विभागले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यअनुसार यस्तो व्यवस्था लागू गरिएको जनाएको छ ।
एप्लिकेसन
आईओएस २७ मा परिवर्तनको तयारी, नयाँ वाच फेसदेखि एआई सिरीसम्म आउँदैछ नयाँ फिचर
काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा तीनवटा महत्वपूर्ण नयाँ फिचर थप्ने तयारी गरेको छ । रिपोर्टअनुसार, नयाँ …
व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर
काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…
इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन
काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गर…
ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने
काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने …
‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरे…
ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने
काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म &l…
नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो
काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रम…
स्पोटिफाइले ल्यायो एआई पोडकास्ट फिचर, अब आफ्नै आवाजमा व्यक्तिगत सामाग्री बनाउन सकिने
काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने न…
धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा
काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…
च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…
युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने
काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…
WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?
काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…
युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने
काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …
इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विक…
नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीलाई जोड्ने ‘नेप्लिफाई’ एप सार्वजनिक, उद्यमीका लागि सेवा निःशुल्क
विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल सञ्जालमा जोड्ने उद्देश्यसहित ‘नेप्लिफाई’ (Neplify) ले नयाँ वर्ष २…