कीवर्डहरू -

प्रदर्शनी

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ गते बिहीबारदेखि २७ गते शनिबारसम्म आइसिटी मेला ६.० आयोजना गर्ने भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रमको छैटौं संस्करणमा नवप्रवर्तन, डिजाइन, रोबोटिक्स, सफ्टवेयर, ई–स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनी गरिने कलेजले जनाएको छ।

एक्सपोमा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरिनेछ। साथै विद्यार्थीहरूलाई आईटी परियोजनाको अवलोकन गराउन विभिन्न विद्यालय तथा कलेजबाट समेत सहभागीता रहने बताइएको छ।

कार्यक्रमलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन युआई/युएक्स डिजाइन, रोबो र्याम्प रेस, रोबो सकर, कन्टेन्ट क्रियसन बोनान्जा, स्क्विड गेम र ई–स्पोर्ट्स टुर्नामेन्ट जस्ता प्रतियोगिता आयोजना गरिनेछ । त्यस्तै एआर क्याम्पस हन्ट, गूगलर च्यालेन्ज, इन्टर्याक्टिभ आइसिटी जोन, पीयर एण्ड आइसिटी मेन्टर इन्टर्याक्सन बुथ तथा फ्युचर रेडी एण्ड करियर काउन्सिलिङ कर्नर जस्ता इन्टरएक्टिभ जोनहरू मुख्य आकर्षण रहनेछन्।

आइसिटी मेलाले विद्यार्थीहरूलाई कक्षाभन्दा बाहिर आएर प्रत्यक्ष अनुभव, सहकार्य र डिजिटल प्रविधिसम्बन्धी बुझाइ अभिवृद्धि गर्न सक्ने अवसर प्रदान गर्ने भिरिञ्ची कलेजले जनाएको छ। कलेजका अनुसार, यसले विद्यार्थीलाई डिजिटल प्रविधि अध्ययनसँगै करियर अवसरका संभावनासँग पनि जोड्नेछ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तीन दिने प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने छ । यस्तै, विभिन्न विद्यालय तथा कलेजले समूहगत रूपमा आइसिटी मेलाको समेत अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

भिरिञ्ची कलेजले विद्यार्थीकै परियोजना र क्षमता प्रदर्शनमा जोड दिँदै विगत पाँच वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ।
 

प्रदर्शनी

टिग नास आईटी एक्सपो २०२५ को आज अन्तिम दिन, प्रविधिप्रेमीहरूलाई अवलोकन गर्न आग्रह

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)  को आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २…

सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य

आगामी कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना हुने भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (ना…

कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । &…

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबोटिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरु)

टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ ।

सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भए…

आजदेखि कान्तिपुर सिटी कलेजमा केसीसी एक्जिबिट, ४० बढी विद्यार्थीका परियोजनाहरू प्रदर्शनी हुने

पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KC…

साउन १६ र १७ गते केसीसी एक्जिबिट, विद्यार्थीहरूका नवीन आईटी परियोजना देख्न पाइने

कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ । …

असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण

सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘

टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…

एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने

राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सम्पन्न भएको छ । कलेजको सामाजिक सेवा, वातावरण र प्…

सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका

माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस…

माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने

आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…

माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …