कीवर्डहरू -

मधेश

मधेशको शिक्षा अब एआई र प्रविधिमैत्री बनाउने बहस, विद्यालयदेखि विश्वविद्यालयसम्म सुधारको योजना

बारा । मधेश प्रदेशको शिक्षा क्षेत्रलाई गुणस्तरीय र समय सापेक्ष बनाउन विद्यालय तहको आधारभूत शिक्षा बलियो बनाउँदै नीतिगत तथा संरचनागत सुधार अघि बढाउनुपर्नेमा शिक्षाविद्, नीति निर्माता तथा सरोकारवालाले जोड दिएका छन् ।

सिमरामा युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको दुईदिने उच्चस्तरीय संवादमा सहभागी वक्ताहरूले मधेशको शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक, प्रविधिमैत्री र जीवनोपयोगी बनाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका हुन् ।

संवादका क्रममा आधारभूत शिक्षाको अवस्था कमजोर रहेसम्म उच्च शिक्षामा अपेक्षित सुधार सम्भव नहुने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिदेखि विश्वविद्यालय तहमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि र श्रम बजारको आवश्यकताअनुसार पाठ्यक्रम तथा शिक्षण प्रणाली विकास गर्नुपर्ने सहभागीहरूको धारणा थियो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले समग्र शिक्षा प्रणाली सुधारका लागि नीतिगत परिवर्तनलाई सरकारले प्राथमिकतामा राखेको बताए । मधेश प्रदेशमा शिक्षाको गुणस्तर खस्किनुका कारण पहिचान गरी सुधारका लागि शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको उनले जानकारी दिए ।

मधेशको शिक्षा विगतमा राम्रो अवस्थामा रहेको स्मरण गर्दै पौडेलले अहिले देखिएको कमजोरीको कारण पहिचान गर्न गम्भीर बहस आवश्यक रहेको बताए । उनका अनुसार नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा समेत उत्तिकै ध्यान दिन आवश्यक छ ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मधेशमा साक्षरता विस्तार र शैक्षिक सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताए । उच्च शिक्षालाई विशिष्ट र रोजगारमुखी बनाउन प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

शिक्षा सुधारलाई कुनै एक तहको सरकारको मात्रै दायित्वका रूपमा हेर्न नहुनेमा उनले जोड दिए । तीनै तहका सरकार, शैक्षिक संस्था, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाबीच सहकार्यबाट मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने उनले बताए ।

कार्यक्रममा सहभागीहरूले प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको बताए । डिजिटल साक्षरता विस्तारसँगै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगलाई शिक्षासँग जोड्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

त्यस्तै, शिक्षा र रोजगारीबीचको दूरी घटाउन सीपमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने तथा उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र श्रम बजारको मागसँग जोड्नुपर्ने विषयमा समेत छलफल भएको थियो । संवादमा राष्ट्रिय योग्यता प्रारुपबारे पनि विस्तृत छलफल गरिएको थियो ।

औपचारिक तथा अनौपचारिक शिक्षा र विभिन्न माध्यमबाट हासिल भएका सीप तथा ज्ञानलाई मान्यता दिने, एक तह वा प्रणालीको शिक्षाबाट अर्को प्रणालीमा जाने अवसर सिर्जना गर्ने तथा क्रेडिट सञ्चय र स्थानान्तरणको व्यवस्था गर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए ।

परम्परागत शैक्षिक प्रणालीबाहिर रहेर सीप तथा ज्ञान हासिल गरेका व्यक्तिको क्षमतालाई समेत औपचारिक रूपमा मूल्याङ्कन र मान्यता दिने प्रणाली विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुति दिँदै उच्च शिक्षामा नीतिगत सुधारसँगै डिजिटल साक्षरतालाई प्राथमिकता दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा नीतिगत तथा संरचनागत सुधारका काम अघि बढिरहेको जानकारी दिए । राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा श्यामनारायण लाभले मधेशको शिक्षा सुधारका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बरालले उच्च शिक्षाको विशिष्टिकृत सुधार आवश्यक रहेको धारणा राखे । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।

सांसद अरविन्द शाहले आधारभूत शिक्षा सुधार नगरी उच्च शिक्षाको गुणस्तर बढाउन नसकिने बताए । उनले डिजिटल साक्षरता विस्तारका लागि एआईलगायत प्रविधिलाई शिक्षाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए ।

सांसद राजकिशोर महतोले मधेशको समग्र विकासको आधार शिक्षा भएकाले शैक्षिक क्षेत्रको सुधारका लागि नीतिगत परिवर्तनलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद रहबर अन्सारीले भने प्राविधिक शिक्षाको विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

मधेश

मधेश बजेटमा सहकारी सुधार : डिजिटल अनुगमनदेखि सम्पत्ति जफतसम्मको व्यवस्था

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको…

कृषि, शिक्षा र स्टार्टअपमा जोड दिँदै मधेसको नीति पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्…

बागमती नगरपालिकाद्वारा उद्यमशीलता प्रवर्द्धन तालिमका लागि आवेदन आह्वान

सर्लाही । बागमती नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार तथा अर्धबेरोजगार नागरिकलाई स्वरोजगा…

गुनासो पेटिका ‘इतिहास’ बन्दै, प्रशासन डिजिटल सेवातर्फ मोडिँदै

महोत्तरी । सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलनका लागि राखिएका ‘गुनासो प…

मधेश प्रदेशमा टेलिकमको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्…

मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता

संघीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि संघीय राज…

मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादे…

स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप

आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब …

केयूको बीटेक. एडआईटी जनकपुरमा, मधेश प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना

काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको …