कीवर्डहरू -

अफर

टेलिकमको आईसीटी डे अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा पाइने

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेसनल आईसीटी डे) को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराउने भएको छ । वैशाख १९ गतेदेखि प्रारम्भ हुने अफर बैशाख २१ गतेसम्म लागु हुनेछ । 

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ । 

अफर

टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् नयाँ डेटा र भ्वाइस प्याक

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा स…

एसईई दिएका विद्यार्थीलाई स्किल स्पार्कको अफर, आईटीका कोर्षमा ४० प्रतिशत छुट

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी ट्रेनिङ प्रदान गर्ने संस्था

आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा

डिजिटल वालेट आइएमई पेले  नयाँ वर्ष  २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…

टिसीएलको नयाँ वर्ष विशेष योजना, होम एप्लाएन्सको खरिदमा क्यासब्याक र उपहार

चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल…

नमस्ते पेको नयाँ वर्ष अफर, प्लेट टिकट काट्दा र इन्टरनेट बिल भुक्तानीमा छुट पाइने

नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा प्लेट टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर सुरु गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा हरेक उडा…

चैत २४ गतेदेखि पठाओ फूड फेस्टः फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री

पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछ…

जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा

जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८…

मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने

आईएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको …

हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्ने मौका

समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्न सकिने भएको छ । 

सानिमा बैंकका ग्राहकलाई कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन दिँदा ५० प्रतिशत छुट

सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक ग…

नेपाल टेलिकमको सिम प्रयोग गर्नेलाई पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उ…

शहिद परिवारलाई १ जीबी डाटा, १०० मिनेट भ्वाइस र १०० एसएमएस भएको टेलिकमको सिमकार्ड निःशुल्क

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लाग…

डिजिटल भुक्तानीमा नबिल बैंकका ग्राहकलाई हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट

नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपल…

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसले सबै कोर्षमा ४० प्रतिशत छुट दिने

सरस्वती पुजाको अवसरमा आईटी ट्रेनिङ कम्पनी ब्रोडवे