कीवर्डहरू -

आईटी सेवा निर्यात गरेे सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने क्लाउड फ्याक्ट्री सम्मानित

आईटी सेवा निर्यात गरेे सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने क्लाउड फ्याक्ट्री सम्मानित

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) सम्मानित भएको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७९(८० मा नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा क्लाउड फ्याक्ट्री सम्मानित भएको हो । 

स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धि विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

क्लाउड फ्याक्ट्रीको रुपमा परिचित स्प्राउट टेक्नोलोजी सर्भिस प्रा.लि सन् २०१० मा नेपालबाट सुरु भएको अन्तराष्ट्रिय कम्पनी हो । आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र नविनतम प्रविधिहरुमार्फत अमेरिका लगायत धेरै देशहरुमा उच्चस्तरिय आइटी प्रडक्ट र सेवा प्रदान गरिरहेको छ कम्पनीले । नेपालबाट सुरु भएको यस कम्पनीमा अहिले अमेरिका, युके, जर्मनी, केन्या लगायतका देशहरुबाट ७०० बढिले काम गरिरहेका छन । 

नेपालमा ४०० बढिलाई रोजगारीको अवसर दिइरहेको कम्पनी स्प्राउट टेक्नोलोजी गत आर्थिक वर्ष २०७९ र ०८० मा सबैभन्दा बढि विदेशी रकम आर्जन गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।