कीवर्डहरू -

गूगल सर्च हिस्ट्री सधैँका लागि डिलिट गर्न यस्तो गर्नुहोस्

गूगल सर्च हिस्ट्री सधैँका लागि डिलिट गर्न यस्तो गर्नुहोस्

तपाइँ के गर्नुहुन्छ, तपाइँ कहाँ जानुहुन्छ, तपाइँको मनपर्ने खाना के हो, गूगललाई सबै थाहा छ । यति मात्र होइन, गुगलले तपाइँको खोज अनुसार सही जानकारी दिन्छ । तपाईंले गुगलमा जे पनि खोज्नुहुन्छ, त्यो हरेक जानकारी तपाईंको गुगल अकाउन्टमा सुरक्षित हुन्छ । तपाईको व्यक्तिगत डेटा सधैं गुगलमा पहुँच योग्य छ ।

यस्तो अवस्थामा, यो स्पष्ट छ कि गुगलमा तपाईको पूर्ण इतिहास सेभ भएको हुन्छ । यदि तपाइँ गुगलमा सबै जानकारीको रेकर्ड राख्न चाहनुहुन्न भने, गूगल हिस्ट्री मेटाउन सक्नुहुन्छ साथै गूगल ट्र्याकिङ बन्द गर्न सक्नुहुन्छ । 

पीसीबाट गुगल हिस्ट्री कसरी डिलिट गर्ने?

यसका लागि तपाईंले क्रोम ब्राउजरको मद्दत लिन सक्नुहुन्छ । सर्वप्रथम आफ्नो पीसीको क्रोम ब्राउजरमा जानुहोस् र दायाँ छेउमा दिइएको तीनवटा डटहरूमा क्लिक गर्नुहोस् ।

यसपछि तपाई हिस्ट्री विकल्पमा जानुहोस् । त्यसपछि क्लियर ब्राउजर डाटामा क्लिक गर्नुहोस् । अब, क्लियर ब्राउजर बक्समा टिक गर्नुहोस् र त्यसपछि क्लियर डाटामा क्लिक गर्नुहोस् ।

गुगल अकाउन्टबाट सर्च हिस्ट्री कसरी मेटाउने?

गूगल अकाउन्टबाट सर्च हिस्ट्री मेटाउन, तपाईंले तल दिइएको चरणहरू पालना गर्नुपर्छ । यसो गरेपछि, तपाईंले लग इन गर्नुभएको सबै डिभाइसहरूबाट सर्च हिस्ट्री मेटिनेछ । 

सबैभन्दा पहिले गुगल क्रोममा जानुहोस्, त्यसपछि गुगल माई एक्टिभेट पेज खोज्नुहोस् । यस पछि, तपाईंले सर्च हिस्ट्री मेटाउन चाहनु भएको खातामा लगइन गर्नुहोस् ।

त्यसपछि सर्च बारमा गएर डिलिट विकल्प खोज्नुपर्छ । अब, तपाईंले निश्चित सर्च हिस्ट्री वा सम्पूर्ण इतिहास मेटाउन चाहनुभएको मिति चयन गर्नुहोस् । 

अब तपाईंले एक नोटिफिकेसन देख्नुहुनेछ । यसपछि सर्च हिस्ट्रीमा जानुहोस् र डिलिटमा क्लिक गर्नुहोस् ।

एन्ड्रोइडबाट सर्च हिस्ट्री कसरी हटाउने ? 

एन्ड्रोइड डिभाइसबाट गुगल सर्च हिस्ट्री मेटाउन, तल दिइएको चरणहरू पालना गर्नुहोस। सबैभन्दा पहिले गुगल क्रोम ब्राउजर खोल्नुहोस् ।

दायाँ छेउमा दिइएको तीनवटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि हिस्ट्री चयन गर्नुहोस् र क्लियर ब्राउजर डाटामा क्लिक गर्नुहोस् ।

तपाइँको ब्राउजिङ हिस्ट्री तपाइँलाई मिति अनुसार प्रदर्शित गरिनेछ । यस्तो अवस्थामा, तपाइँ मिति अनुसार सर्च हिस्ट्री सडलिट गर्न सक्नुहुन्छ ।

गुगल सर्च हिस्ट्रीलाई अटो डिलिट मोडमा कसरी राख्ने ?

तपाईले गुगल सर्च हिस्ट्रीलाई अटो डिलिट मोडमा पनि सेट गर्न सक्नुहुन्छ । यसो गरेपछि, गुगलले स्वचालित रूपमा तपाईको सर्च हिस्ट्रीलाई मेटाउनेछ । गुगलले यसका लागि ३, १८ र ३६ महिनाको विकल्प दिन्छ ।

यो गर्नका लागि क्रोम ब्राउजरमा गुगल माई एक्टिभिटिज पेजमा जानुहोस् । यस पछि वेब र एप एक्टिभिटि चयन गर्नुहोस् ।
त्यसपछि तल आउनुहोस् र अटो डिलिट विकल्पमा जानुहोस् ।

अटो डिलिट विकल्प छनौट गरेपछि, समय चयन गर्नुहोस् । तपाईंले चयन गरेपछि, अगाडि जाने विकल्प देखा पर्नेछ, त्यसपछि कन्फर्ममा क्लिक गर्नुहोस् ।