कीवर्डहरू -

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेको छ ।

यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको छ । १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमा ५००० एमएच ब्याट्री र २३ वाट द्रुत चार्जिङ सुविधा रहेको छ ।

त्यस्तैग्यालेक्सी एम १४ एलटीईमा क्वालकम स्नापड्रागन ६८०  अक्टा–कोर प्रोसेसर प्रयोग गरिएको छ । यस बाहेक, ग्यालेक्सी एम १४ एलटीईले ६ जीबीसम्मको र्‍याम उपलब्ध छ  भने थप  ६ जीबी भर्चुअल र्‍यामको समेत उपलब्धता छ । 

ग्यालेक्सी एम १४ एलटीई निलो र गाढा निलो रङमा आउने छ । यो ४÷६४ जीबी संस्करणको लागि १६ हजार ९९९ र ६÷१२८ जीबी संस्करणको लागि २१ हजार ९९९ को मूल्य निर्धारण गरिएको छ ।

यो मोडेल १८ अफ्रिल २०२४ बाट सुरु हुँदै देशभरका सबै रिटेल आउटलेटहरूमाउपलब्ध भएको छ । फोन शून्य प्रतिशत ब्याजदरका साथ झन्झट मुक्त ईएमआई सेवाबाट पनि खरिद गर्न सकिने छ । इन्स्टा फाइनान्सको सेवा २० हजारभन्दा माथिका मोबाइलहरूमा नेपालभर उपलब्ध छ ।