कीवर्डहरू -

मिडियाटेक डाइमेन्सिटी ९३०० प्लस चिपसेट चाँडै सार्वजनिक हुने

मिडियाटेक डाइमेन्सिटी ९३०० प्लस चिपसेट चाँडै सार्वजनिक हुने

मिडियाटेकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ चिपसेट ल्याउने भएको छ । डाइमेन्सिटी ९३०० प्लस चिपसेट ल्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यो नयाँ फ्ल्यागशिप चिपसेट मिडियाटेक डाइमेन्स्टिी डेभलपर कन्फेरेन्स (एमडीडीसी २०२४) कार्यक्रममा प्रस्तुत गर्नेछ ।

डाइमेन्सिटी ९३०० प्लस चिपसेट कहिले सुरु हुन्छ?

मिडियाटेक डाइमेन्स्टिी डेभलपर कन्फेरेन्स (एमडीडीसी २०२४) कार्यक्रम मे ७ मा चीनमा आयोजना हुँदैछ । कम्पनीको नयाँ चिपसेट डाइमेन्स्टिी ९३०० एसओसीको उत्तराधिकारीको रूपमा ल्याइएको छ ।

मिडियाटेकले गत वर्ष नोभेम्बरमा डाइमेन्सिटी ९३०० चिपसेट ल्याएको जानकारी छ । कम्पनीको नयाँ चिपसेट ल्याएसँगै यो चिपसेटले सुसज्जित फोन पनि चाँडै सार्वजनिक गर्न सकिनेछ । मिडिया रिपोर्टहरूले कम्पनीको नयाँ चिपसेट डाइमेन्सिटी ९३०० को ओभरक्लोड संस्करण हुने दाबी गरेको छ ।

नयाँ चिपसेट इम्मोरट्यालिस जि ७२० एमसी १२ जीपीयूू संग सार्वजनिक हुनेछ । डाइमेन्सिटी ९३०० प्लस डि ९३०० चिपसँग धेरै मिल्दोजुल्दो हुन सक्छ ।

कुन फोनमा नयाँ चिपसेट उपलब्ध हुनेछ?

स्मार्टफोनको बारेमा जानकारी चिपसेट लन्च पछि मात्र खुल्नेछ । तर, भिभो एक्स १०० एस र एक्स १०० एअिर्को महिना चीनमा लन्च हुँदैछ ।

यसका साथै, यो विश्वास गरिएको छ कि भीभोको नयाँ फोनहरू पहिलो फोन हुन सक्छ जुन डाइमेन्सिटी ९३०० प्लस चिपसेटले सुसज्जित हुन सक्छ ।