कीवर्डहरू -

स्टार्टअपसहित ७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

स्टार्टअपसहित ७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । 

आगामी मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा अवार्ड वितरण गर्ने गरी मन्त्रालयले ७ विधामा अवार्डको आवेदन खुला गरेको हो । 

यस वर्ष सरकारले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गर्ने जनाएको छ । 

यी विधामा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीले आवेदन दिन सक्ने छन् । प्राप्त आवेदन मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिने छ । 

आगामी वैशाख ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन फारामको ढाँचा मन्त्रालयसूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ । आवेदन मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन वा इमेल [email protected] मा पठाउन सकिने छ । 
 

null