कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइन भएको ग्यालेक्सी एम ५५ फाइभजी नेपालमा सार्वजनिक भएको हो ।

ग्यालेक्सी एम ५५ फाइभजी ७.८ एमएमको चौडाइका साथ, सुपर स्लीक र हल्का वजनसहित आउने कम्पनीले जनाएको छ । ग्यालेक्सी एम ५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन् ।

क्वालकम स्न्यापड्रयागन सेभेन जेन वान प्रोसेसर प्रयोग गरिएको फोनले सहज मल्टिटास्किङका साथै मोबाइल गेमिङ अनुभव प्रदान गर्ने दावी छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । १२० हर्ज रिफ्रेस रेट, ६.७ इन्च एमोलेड डिस्प्ले रहेको यसमा हाई ब्राइटनेस मोड र भिजन बूस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सकिने छ । 

ग्यालेक्सी एम ५५ फाइभजीमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि ५० मेगापिक्सेल (आईओएस) क्यामेरा पाउन सकिन्छ भने नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने सामसङले जानकारी दिएको छ । 

यसमा भएको भ्वाइस फोकस प्रविधिले कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिने छ । डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरूबाट बचाउने प्रविधि राखिएको छ । 

साथै फोनमा भएको क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्न सकिने छ । ग्यालेक्सी एम ५५ फाइभजीको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज संस्करणको मूल्य ४८ हजार ९९९ रूपैयाँ र १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज संस्करणको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्ट्यान्ट सेवाको साथमा तपाईले यो नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना २ हजार ४४९ रूपैयाँबाट ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा लिन सकिने छ ।