कीवर्डहरू -

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफलतापूर्वक परीक्षण गरेको हो । 

केयुको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफलतापूर्वक परीक्षण गरेर हाइड्रोजन कारमा रिफिल गरिएको बताए। 
‘हामीले एउटा इतिहास रचेका छौं । आज नेपालको लागि हाइड्रोजन दिवस हो,’ उनले भने । 

अब छिट्टै हाइड्रोजन कारको विधिवत उद्घाटन गर्ने तयारी केयुले गरेको छ । उद्घाटन प्रधानमन्त्रीबाट हुने अपेक्षा आफुहरूले गरेको थापाको भनाइ छ । 

हाइड्रोजन कारलाई वैशाखमा हुन लागेको हाइड्रोजन एक्सपोमा पनि लगिने छ । अझै पनि सरकारको कानुनले हाइड्रोजनलाई नचिन्ने जानकारी दिदै थापाले अब हाइड्रोजनलाई व्यवसायीक प्रयोजको रूपमा अगाडि बढाउनु पर्ने बताए । 

अहिले काठमाडौं विश्वविद्यालयले प्रत्येक दिन ३०-३५ गाडीलाई रिफिल गर्न सक्ने व्यवसायिक रिफिलिङ स्टेशनको डिजाइन गरिरहेको छ भने निर्माणकर्तासँग पनि संवाद गरिरहेको छ । 
हाइड्रोजन ब्याट्रीको विकल्पमा सोच्नु नहुने उनी बताउँछन् । ‘हाइड्रोजनलाई ब्याट्रीको विकल्पको रूपमा हेर्नु हुँदैन् । लामा दुरी र डिजेटलको विकलल्पको रूपमा यसलाई लैजानुपर्छ,’ उनले भने । 

केही समय अगाडि हाइड्रोजन बारे अध्ययन गर्न नेपाल आयल निगमले दिएको पाँच करोड रूपैयाँ अनुदानबाट केयुले कार र रिफिलिङ स्टेशन ल्याएको थियो ।

यो पनि पढ्नुहोस