कीवर्डहरू -

टोर ब्राउजर के हो ? यो कसरी काम गर्छ ?

टोर ब्राउजर के हो ? यो कसरी काम गर्छ ?

टोरलाई द ओनियन राउटर पनि भनिन्छ । यो ब्राउजिङको लागि निःशुल्क उपलब्ध छ जुन जो कोहीले प्रयोग गर्न सक्छन् ।

तपाईंले यसलाई डाउनलोड गरेर आफ्नो पीसीमा इन्स्टल गर्नुपर्नेछ र यो एन्ड्रोइड फोनहरूका लागि पनि उपलब्ध छ । 

टोर ब्राउजरलाई तपाईं प्लेस्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । यसले तपाईको पीसीको आईपी ठेगाना लुकाउँछ, अर्थात्, यसले पीसीको वास्तविक ठेगाना अरूबाट लुकाउँछ ताकि कसैले तपाईलाई ट्र्याक गर्न सक्दैनन् ।

यो गर्नका लागि, यसले नयाँ आईपी एड्रेस प्रदान गर्दछ, जसको मद्दतले तपाई इन्टरनेटमा के गर्दै हुनुहुन्छ, कुन वेबसाइटहरू भ्रमण गरिरहनु भएको छ र के हेर्दै हुनुहुन्छ भन्ने सबै जानकारी लुकाउँछ र सुरक्षित राख्छ ।

यसको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यसले सरकारले बन्द वा रोक लगाएका साइटहरू पनि हेर्ने सुविधा दिन्छ ।
 
टोर ब्राउजरले कसरी काम गर्छ?

टोर ब्राउजरको कन्सेप्ट एकदमै फरक छ । तपाईले देख्नु भएको होला कि प्याजमा धेरै लेयरहरू हुन्छन्, टोर ब्राउजरले पनि प्याजको लेयर जस्तै कन्सेप्टमा काम गर्छ । टोर ब्राउजरमा पनि आईपीका धेरै लेयरहरू छन्, जसले तपाईको पहिचान लुकाउन मद्दत गर्दछ । 

जब प्रयोगकर्ताले टोर ब्राउजरको मद्दतले कसैको वेबसाइट खोल्छन्, टोरले आफ्नो वास्तविक पहिचान लुकाउँछ, जसको कारण वेबसाइटको व्यवस्थापक वा मालिकले वास्तविक पहिचान थाहा पाउन सक्दैन् । किनभने ब्राउजरले आईपी परिवर्तन गरिदिन्छ । 

उदाहरणको लागि, पहिलो आईपी दोस्रो आईपीद्वारा कभर हुन्छ, दोस्रो आईपी तेस्रोद्वारा कभर हुन्छ र यसरी क्रमश आईपीको एक श्रृंखला बनाइन्छ, जसकारण पहिचान लुक्ने गर्दछ । 

यसले गर्दा प्रणाली भ्रमित हुन्छ र प्रयोगकर्ताको आईपी सुरक्षित रहन्छ । अनि प्रयोगकर्तालाई ट्र्याक गर्न धेरै गाह्रो हुन्छ । समग्रमा, टोर ब्राउजर प्रयोग गरेर तपाईंले आफ्नो मूल आईपी र आफैलाई ट्र्याक हुनबाट जोगाउन सक्नुहुन्छ ।

टोर ब्राउजर कस्ता मानिसहरूले प्रयोग गर्छन् ?

टोर ब्राउजर प्रयोग गर्ने व्यक्तिहरूमा ब्ल्याकह्याट ह्याकर, ग्रेह्याट ह्याकर र ह्वाइटह्याट ह्याकरहरू र यस्तै प्रकारका प्राविधिक व्यक्तिहरू समावेश छन् जसले आफ्नो पहिचान गुमनाम राख्न चाहन्छन् । आइपी भनेको इन्टरनेट प्रोटोकल हो जुन तपाईको इन्टरनेट पहिचान हो ।

यसको माध्यमबाट तपाइँको पहिचान थाहा पाउन सकिन्छ, इन्टरनेटमा के गर्दै हुनुहुन्छ, स्थान के हो, सेवा प्रदायक को हो र धेरै अरु जानकारीहरु पनि यसमार्फत प्राप्त हुने गर्दछ । 

जसरी तपाईसँग पहिचानका लागि परिचय पत्र छ । त्यसैगरी इन्टरनेटमा आईपी ठेगाना हुन्छ, जसले तपाइँको पहिचान बताउँछ । तर टोर ब्राउजरको काम यहीँबाट सुरु हुन्छ । यसले तपाइँको वास्तविक पहिचान लुकाउन मद्दत गर्दछ । टोरले वास्तविक आईपीलाई अर्को आईपीसँग बदल्छ ।

टोर ब्राउजरले किन ढिलो काम गर्छ?

टोर ब्राउजरले धेरै आईपीहरू प्रयोग गर्दछ, यसको सर्भरमा सीधा जडान गर्नुको सट्टा, यसले प्रत्येक जडानमा नयाँ आईपी थप्छ । त्यसपछि पछि यसले काम गर्दछ ।

टोर ब्राउजरको आईपी विभिन्न देशहरू मार्फत पास हुन्छ र यसको रिले मार्फत सर्किट पूरा भएपछि साइट खुल्छ जसका कारण यसले धेरै ढिलो काम गर्दछ, तर तपाईंको आईपी एड्रेस सुरक्षित रहन्छ ।

के टोर ब्राउजर प्रयोग गर्न अवैध वा कानुनी छ ?

तपाईले अहिले सम्म जे पढ्नुभयो, यीसबै जानकारीले गर्दा टोर ब्राउजर गैरकानुनी हुनेछ जस्तो लाग्न सक्छ । पहिलो कुरा यो हो कि तपाइँ यसको मद्दतलेआईपी लुकाउन सक्नुहुन्छ ।

तर कानुनबाट हेर्ने हो भने गुगल प्ले स्टोरमा यस्ता धेरै एपहरू छन्, जसले आईपी लुकाउन मद्दत गर्छ, जसलाई भिपिएन भनिन्छ । त्यसैले यसलाई गैरकानूनी मान्न सकिँदैन, किनभने यस्ता एपहरुलाई गुगल आफैंले निषेध गर्दैन् ।

यद्यपि यो प्रयोगकर्तामा निर्भर गर्दछ कि उसले टोर ब्राउजर कसरी प्रयोग गरिरहेको छ । यदि इन्टरनेट प्रयोग गर्नका लागि आफ्नो पहिचान अरूबाट लुकाउन चाहनुहुन्छ भने, यो गलत छैन । तर यदि आफ्नो आईपी ठेगाना लुकाएर कुनै गैरकानूनी कामको लागि टोर ब्राउजर प्रयोग गर्नुहुन्छ भने, यो गलत र गैरकानूनी हो ।

जसको लागि तपाईलाई सजाय पनि हुन सक्छ । ब्राउजरको सहयोगमा राम्रो काम गरेर गल्ती नगर्ने हो भने ठिक छ, तर त्यसको सहयोगमा कुनै गलत काम गरेमा अनलाईन इन्टरनेटको नियम उल्लङ्घन गरेको पाइएमा कडा कारबाही हुनेछ ।