कीवर्डहरू -

अपडेट

लाभाको नयाँ स्मार्टफोन आर ३ अब नेपाली बजारमा

लाभाले केहि समय अघि मिडरेन्ज स्मार्टफोन लाभा ए ३ सार्वजनिक गरेको थियो । यो सेटमा उत्कृष्ट क्यामेरा,फिंगरप्रिन्ट सेन्सर लगायत अन्य थुप्रै राम्रा राम्रा फिचरहरु समावेश गरेको थियो । कम्पनिले उत्कृष्ट स्मार्टफोनहरु भित्र्याउने क्रमलाई जारि राख्दै फेरी अर्को लाभा आर ३ सार्वजनिक गरेको छ ।

लाभाले नेपालमा सार्वजनिक गरेको यो नयाँ ह्यान्डसेटमा ५.७ इन्च आइपिएस एलसीडी एचडी डिस्प्ले रहेको छ । यसको एक्स्पेक्टेड रेसीयो १८:९ रहेको छ । मिडियाटेक एमटि ६७३७ को चिपसेट प्रयोग भएको यो स्मार्टफोनमा क्वाडकोर १.३ जिएचजेड प्रोसेसर प्रयोग भएको छ ।

लाभा आर ३ मा ३ जीबी र्याम छ भने यसमा ३२ जीबी अनबोर्ड स्टोरेज छ । साथै यो ह्यान्डसेटमा क्यामेराको कुरा गर्ने हो भने यसमा एलइडी फ्ल्याश,रियलटायम बुके इफेक्ट सहितको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।

लाभाको यो नयाँ आर ३ मा ०.२ सेकेन्डमानै खुल्ने फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसका साथै फोनमा फेस आइडी फिचर समेत राखिएको छ । फेस आइडीबाट ०.८ सेकेन्डमा नै फोन  अनलक गर्न सकिन्छ ।

फोनमा ३००० एमएएचको नन् रेमुभेबल ब्याट्रीको प्रयोग भएको हुँदा गेम खेल्न तथा भिडियोहरु हेर्नका लागि ब्याट्रीले राम्रो ब्याकअप दिन्छ । नेपाली बजारमा यो फोनको मूल्य रु.१८ हजार ४ सय ९९ तोकिएको छ । यसका साथै फोन ब्ल्याक र ब्लु कलरमा उपलब्ध छ । लाभाको यो नयाँ सेटले नेपाली बजारमा अन्य ब्राण्डका बजेट फोनहरुसँग प्रतिस्पर्धा गर्ने छ ।

अपडेट

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु…

ओपो एफफाइभ ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक हुँदै

माघ २३, काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । …