कीवर्डहरू -

इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा

इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा

इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ।  यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा १५ महिनाको लामो वारेन्टी पाउने छन् । 

अप्रिल १ देखि लागू भएको यो नयाँ वारेन्टी योजनाले उत्पादनलाई राम्रोपन र विश्वासिलोपन देखाउने कम्पनीको भनाइ छ । इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिँदै आएको कम्पनीको दाबी छ । 

१५ महिनाको वारेन्टी सुविधा  स्मार्ट ८ सिरिज, नोट ३०, जिरो ३० लगायत नयाँ सार्वजनिक हुने सबै फोनमा लागु हुने कम्पनीले जनाएको छ । 

इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै आएको र युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।