कीवर्डहरू -

Latest news

महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न

शिक्वल फाउन्डेसनले महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न गरेको छ ।

सशक्त नेपालका लागि ह्याकिङ थिममा आयोजना भएको ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहबाट ६० बढी महिलाहरूको सहभागीता रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको ह्याकाथनमा महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट समाधानहरू विकसित गरेका थिए ।

कार्यक्रमलाई टेस्लाटेक नेपाल, संयुक्त राज्य अमेरिका दूतावास, नेपाल र संयुक्त राष्ट्र महिला संस्थाको सहयोग रहेको थियो । 

ह्याकाथनले कौशल विकास र सहयोगको लागि एक मंच प्रदान गर्ने र सशक्तिकरणको जोड दिने फाउन्डेसनले जनाएको छ । 

ह्याकाथनमा एन्जल डिटेक्सनबाट फिजियो प्रक्रिया गर्ने आईडिया भएको फिजिओ नेपले टिमले नगद १ लाख रूपैयाँसहित विजयी भएको थियो भने पहिलो रनरअपमा पोषण सम्बन्धि आईडिया भएको टिम पोषण साथीले नगद ७५ हजार रूपैयाँ  र सर्भिक्स प्रकारको पहिचान गर्ने आईडियामा काम गरेको टिम लेडीबग्सले ५० हजार रूपैयाँसहित दोस्रो रनरअप भएको थियो ।

ह्याकाथनमा विभिन्न कार्याशाला, नेटवर्किङ अवसर, विज्ञसँग अन्तर्क्रिया लगायतका गतिविधि गरिएको थियो । 

कार्यक्रमको बारेमा शिक्वल फाउन्डेसनकी संस्थापक तथा सह-प्रबन्ध निर्देशक आस्था शर्माले प्रविधिमार्फत महिलाहरूलाई सशक्तिकरणका साथै सहयोगी र सिकाइको वातावरण तयार गरेको बताइन । 

समावेशी र समतामूलक भविष्यको लागि मार्ग प्रशस्त गर्ने,  प्राविधिक उद्योगमा लैङ्गिक विविधता र सशक्तिकरणको ड्राइभिङ शेक्वल फाउन्डेसनको मिशनको अभिन्न अंग रहेको समेत उनको भनाइ छ । 
 

Latest news

राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधासँग आबद्ध गरिने

सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता

वैदेशिक रोजगारीमा जान चाहने नागरिकले निःशुल्क बैंक खाता खोल्न सक्ने भएका छन् । 

स…

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । 

शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिमका लागि विद्युतीय प्रणाली विकास गरिने

सरकारले शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिम लगायतका विषयको वस्तुपरक जानकारी दिने एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याउने भएको…

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ । 

सङ्घीय संसद्को …

कानुनी क्षेत्रको डिजिटलाइजेशन गर्न मेरोअड्डा र कोडर्याम्प नेपालबीच सहकार्य

प्रविधिमार्फत कानूनी सेवा प्रदान गर्दै आएको कम्पनी मेरोअड्डा र प्रविधि कम्पनी कोडर्याम्प नेपालबीच रणनीतिक सहकार्य गर्ने सम्झौता…

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने, कम्तिमा ५ हजारलाई रोजगारी दिने

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकम…

आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने

सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने घोषणा गर्ने भएको छ । 

सरकारले स्वदेशी सफ्टवेयर उपयोग गर्ने नीति लिने

सरकारले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिने भएको छ । 

सङ्घीय …

सार्वजनिक सेवा एकैठाउँबाट प्रावह गर्न नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकैठाउँमार्फत प्रवाह गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्या…

सरकारले एआई रणनीति र विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार गर्ने

एआई रणनीति तयार गर्ने भएको छ ।  

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र प…

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त ब…

सरकारले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गर्ने

सरकारले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गर्ने भएको छ । 

सङ्घ…

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो प्रदान गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक…

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन र उपयोगमा जोड दिने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन र उपयोगमा जोड दिने भएको छ ।