कीवर्डहरू -

Latest news

१ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।  

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने बताउँदै उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने बताए । 

स्टार्टअप व्यवसायको विकास र प्रवर्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिने र सातै प्रदेशमा इन्क्युबेसन सञ्चालन गर्ने उल्लेख गरेका छन् । 

 

Latest news