कीवर्डहरू -

अपडेट

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छिन् । 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताएकी हुन् ।

‘दूरञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको छ’– मन्त्री शर्माले भनिन्– ‘यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौं ।’ सेवा प्रदायकबाट पनि पनि कूल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने उनले स्पष्ट गरिन् ।

साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको जानकारी दिंदै उनले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको बताइन् ।

‘दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको छ’– मन्त्री शर्माले भनिन्– ‘फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजश्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फ्रिक्वेन्सी नीतिलाई परिमार्जन गरी जारी गरिएको फ्रिक्वेन्सी नीति २०८० को कार्यान्वयनबाट २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागु हुनेछ । यो परिवर्तनपछि राजश्वमा समेत उल्लेख्य वृद्धि हुने छ ।’


गएको एक वर्षको बीचमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेर प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने र सीमित प्राकृतिक स्रोतको रुपमा रहेको राज्यको महत्वपूर्ण सम्पत्ति रेडियो फ्रिक्वेन्सीको दूरुपयोग रोक्न नीतिगत व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

मन्त्री शर्माले व्याण्डविथ खरिदलाई थप प्रतिष्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औसतमा वार्षिक डेढ अर्व वचत हुने अवस्था सिर्जना भएको र सेवा प्रदायकको लागत कम हुँदै जाँदा उपभोक्ताले तिर्ने शुल्क घटाउँदै लैजान सकिने बताइन् । 

भर्खरै सार्वजनिक भएको नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पनि हामीले प्राथमिकता र प्रतिबद्धता स्पष्ट गरेको उल्लेख गर्दै मन्त्री शर्माले अब हरेक क्षेत्रमा डिजिटलाइजेसन गरेर मात्रै समृद्धि हासिल गर्न सकिने विश्वासका साथ नीति तथा कार्यक्रममार्फत आगामी दश वर्षलाई सूचना प्रविधि दशक घोषणा गरेको बताइन् । उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

मन्त्री शर्माले सरकारले सुशासनका पक्षमा लिएको अडान र नीतिगत सुधारका कारण राजश्वमा समेत वृद्धि हुन थालेको जानकारी दिएकी थिइन् । ‘गत आर्थिक वर्षमा कूल राजश्व ७ अर्व ९० लाख संकलन भएकोमा चालु आर्थिक वर्षको दश महिनाकै अवधिमा ७ अर्ब ४२ करोड राजश्व संकलन भएको छ’– उनले भनिन्– ‘यसबाट हामीलाई सुशासनका पक्षमा दृढतापूर्वक उभिंदा नजिता प्राप्त गर्न सकिन्छ भन्ने गहिरो विश्वास पैदा भएको छ ।’

दूरसञ्चार क्षेत्रलाई थप सुरक्षित महसुस हुने गरी लगानीकर्तामैत्री नियामक वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध स्पष्ट गर्दै उनले समयानुकूल नीति, कानुन र संरचना निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनमार्फत दूरसञ्चार क्षेत्रको दिगो विकास गर्न सकिने धारणा राखिन् । मन्त्री शर्माले भने– ‘यसका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ । सरकार नीति, कानुन र आवश्यक संरचनात्मक विकासमा प्रतिबद्ध छ । यस क्षेत्रका खासगरी सेवाप्रदाय लगायत सबै सरोकारवालाहरुसँगको सहयोग र समन्वयबाट अघि बढ्न सकिन्छ भन्नेमा सरकार स्पष्ट छ ।’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षतामा भएको सम्मेलनमा विश्व दूरसञ्चार संघका प्रतिनिधिसहित यस क्षेत्रका विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।

 

अपडेट

किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता

मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता भएको छ ।

किसानका लागि डिजिटल प्लेटफर्म व…

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

विगत २२ वर्षदेखि आइसिटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६०…

गूगलको नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास सार्वजनिक

गूगलले नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास ल्याएको छ । यो एआई मोडल कम्पनीको जेमिनी १.५ प्रो भन्दा छिटो र प्रभावकारी रहेको गूगलले&…

भूमिगत विद्युत वितरण प्रणाली परीक्षण हुँदै, पोलबाट इन्टरनेट केबल लगायतका संरचना हटाउन अनुरोध

काठमाडौंमा विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणाली निर्माण सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणले इन्टरनेट केबल, अप्टिकल फाइ…

आईटी सेवा तथा प्रडक्ट निर्यात गर्ने कम्पनीबाट एक प्रतिशतमात्रै आयकर लिन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महांसघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सूचना प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिन सुझ…

राकुटेन भाइबरले प्राप्त गर्‍यो एसओसी टु टाइप टु सर्टिफिकेसन

सामाजिक सञ्जाल राकुटेन भाइबरले सर्भिस अर्गनाइजेसन कन्ट्रोल (एस.ओ.सी) टु टाइप टु प्रमाणीकरण पाएको छ ।

फोर्ब्सको थर्टी अन्डर थर्टी एशियाको सूचीमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एशियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालकी श्रेया गिरी परेकी छन् । 

भिसाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भिसाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ…

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सफलतापूर्वक सम्पन्न

शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ ।&…

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने निजी क्षेत्रकाे दूरसञचार सेवा प्रदायक कम्पनी एनसेलले सधै अन प्ला…

ओपन एआईले सार्वजनिक गर्‍यो नयाँ मोडल जीपीटी ४ ओ, निःशुल्क प्रयोग गर्न सकिने

एआई कम्पनी ओपन एआईले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फ्ल्यागशिप मोडल जीपीटी ४ ओ (४o) सार्वजनिक गरेको छ । नयाँ मोडल जीपीटी ४ ओ…

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । 

सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिने

सरकारले सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गर्ने भएको छ । 

सङ्घीय …

विपद्बाट हुने जनधनको क्षति न्यून गर्न अत्याधुनिक उपकरणको प्रयोग गरिने

सरकारले विपद्बाट हुने जनधनको क्षति न्यून गर्न हेलिकोप्टर, दमकल लगायतका अत्याधुनिक उपकरणको व्यवस्था र उपयोग गर्ने प्रबन्ध मिलाउने भ…

राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधासँग आबद्ध गरिने

सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गर्ने भएको छ ।