कीवर्डहरू -

अपडेट

साना तथा लघु उद्यमीहरुलाई ईकमर्श सम्बन्धि तालिम

नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको संयोजनमा विहीबारबाट सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले यस बारे जानकरी दिएका हुन्  ।

उनले भने ‘बागमती प्रदेशमा पर्यटन, वनक्षेत्र, उत्खनन क्षेत्रमा आधारित मौलिक हिसाबले बनाइएका बस्तुुहरुको माग छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाई पनि नेपालको पहिचान दिने बस्तुहरु रहेको छ । तर, मौलिक बस्तु बनाएर पहिचान दिन खोज्नेलाई बुझाउन सकेनौ, बजार खोजिदिन सकेनौं । त्यसैले पनि कोशेली घर, औद्योगिक ग्राम र ई–कमर्शलाई अघि सारिएको हो’ ।

विगतमा स्थापना भएका औद्योगिक ग्राम र कोशेली घरको प्रचारप्रसार राम्ररी हुन नसकेको बताउँदै मन्त्री श्रेष्ठले यी कार्यक्रमहरुलाई निरन्तरता दिँदै समयअनुसारका नयाँ नयाँ कार्यक्रमहरु ल्याएर उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति रहेको बताए ।  

‘बागमती प्रदेशका १३ वटै जिल्लामा औद्योगिक ग्राम र ११९ स्थानीय तहमा कोशेली घरहरु सञ्चालनमा ल्याउँदैछौं । यस्तै, प्रदेशमातहत ई–कमर्शमा आधारित कार्यक्रम कम्तीमा १० जिल्ला, १० देखि १५ निर्वाचन क्षेत्र र आधाभन्दा बढी स्थानीय तहहरुमा लागू हुने गरी आगामी योजना बनाउने लक्ष छ’, श्रेष्ठले भने। 

निर्देशनालयको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक सीप विकास, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी कृयाकलापअन्तर्गत हेटौंडाबाट ३ दिनसम्म साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम सुरु भएको हो । 

कार्यक्रममा नेउवा महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवद्र्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्ने र अत्यधिक माग भएका बस्तुहरुसमेत त्यसै थन्किएका दृष्टान्त दिए। प्रदेश महासंघले पहिलो पटक प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दा लक्षित वर्गलाई अधिकाधिक फाइदा पुग्ने विचार व्यक्त गरे । 

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेटको सिलिङ कम भएर आए पनि धेरैभन्दा धेरै साना तथा लघु उद्यमीहरुलाई समेट्ने गरी ई–कमर्श तालिमको निरन्तरता दिने र डिजिटलमा आधारित नयाँ नयाँ कार्यक्रमहरु ल्याउने गरी योजना बनाइरहेको जानकारी दिए । 

कार्यक्रममा नेउवा महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनालले ठुला उद्योगीहरुको तुलनामा साना उद्योगहरुले डिजिटल प्रणालीमा जान, उत्पादनलाई बजारीकरणमा लैजान समस्या भोगिरहेको अवस्थालाई हेरेर नमूनाका रुपमा पहिलो पटक ई–कमर्श तालिम सञ्चालन गरिएको बताईन् ।

पहिलो पटक साना तथा लघु उद्यमी समुदायको डिजिटल पहुँच वृद्धि गरी डिजिटल अर्थव्यवस्थामा सहभागी बनाउन साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिममा नेउवा महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सदस्य मधुसुधन गुरागाईंले सहजकीकरण र हाइपर्सका प्रशिक्षकहरु सौरभ चालिसे, पियुषलाल श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

 तालिमपश्चात साना तथा लघु उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई कसरी डिजिटल प्लेटफर्ममा समावेश गर्ने, कुन प्लेटफर्म उपयुक्त हुन्छ, कस्तो प्रस्तुति दिने, स्वदेश तथा विदेशमा समेत कसरी बजार खोज्ने, नेटवर्किङ, डिजिटल पेमेन्ट, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हासिल गर्ने लक्ष्य राखिएको छ ।

तालिममा १३ जिल्लाका २८ वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, १३ वटा जिल्ला घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालायमातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी १ सय जनाको सहभागिता रहेको छ । सहभागीमध्ये ४५ जना महिला र ५५ जना पुरुष रहेका छन् । 
 

अपडेट

बागलुङको बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ। गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी…

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा…

१५ शहरमा रोड शो गर्दै डिशहोम

२०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-ह्विल्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचा…

सोरू, सगरमाथा क्षेत्र र बाजुरामा क्यासिफिकको स्याटेलाइट इन्टरनेट सञ्चालनमा

क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटले सोरू, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्याएको छ । हालै कर्णालीको …

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गर…

क्लाउड एआईको आईओएस एप सार्वजनिक

सन् २०२२ मा च्याटजीपीटी लन्च हुँदा विश्वभर एआईको नयाँ क्रान्ति सुरु भएको थियो र आज दुई वर्षपछि हजारौं एआई टूल च्याटजीपीटीसँग प्र…

इन्ड्राइभले अब राइडरबाट १० प्रतिशत कमिसन लिने, डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको छ । नेपालमा आधिकारिक रूपम…

आइओएस १७.५ बेटा अपडेट : अब आइफोन रिपेयर मोडमा हुँदा पनि ट्रयाक गर्न सकिने

एप्पलले नयाँ १७.५ बेटा संस्करण परीक्षण गरिरहेको छ । नयाँ फिचरमा तपाईले फोनलाई रिपेयर मोडमा राखेर वा मर्मतका लागि दिएपछि पनि…

महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्र…

महिला आईसिटी सशक्तिकरण कार्यक्रमलाई हाइलाइट गर्ने भिडियो सामाग्री पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्वव्यापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला स…

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त …

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको 'दोस्रो पठाओ फूड फेस्ट २०२४' दुई लाख ६० हजार भन्दा ब…

आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रले प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन विकास गरेको छ ।

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

हालै ५२ वर्षीया भारतीय महिला उद्यमी साइबर घोटालाको सिकार भएकी छिन् । अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाले गुम्य…

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई पासकी सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई अब पासकी सुविधा उपलब्ध हुने भएको छ । यसले गर्दा प्रयोगकर्ताले पासवर्डरहित सुविधा जस्तै व…