अटो
२०२६ मोडलको जिली EX5 नेपाली बजारमा, एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा
नेपालका लागि जिली ईएक्सफाइभको आधिकारिक वितरक तथा विक्रेता एलआरआर मोटर्स (LRR Motors) ले नेपाली अटोमोबाइल उद्योगमा नयाँ उदाहरण प्रस्तुत गर्दै २०२६ मोडलको जिली ईएक्सफाइभ वर्षको सुरुवातमै सार्वजनिक गरेको छ।
सामान्यतया नेपालमा नयाँ मोडलका सवारीसाधनहरू वर्षको मध्यतिर मात्र भित्रिने प्रचलन रहे पनि एलआरआर मोटर्सले उक्त अभ्यासलाई तोड्दै सन् २०२६ को पहिलो महिनामै नयाँ मोडल नेपाल भित्र्याएको हो। कम्पनीका अनुसार यसले नेपाली ग्राहकलाई विश्व बजारसँगै अद्यावधिक अटोमोबाइल प्रविधि समयमै उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ।
यस कदमले जिली ईएक्सफाइभ खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई अपेक्षाभन्दा चाँडै नयाँ मोडलको सवारीसाधन प्राप्त गर्ने अवसर मिलेको छ। समयअघि नै नयाँ मोडल उपलब्ध हुँदा उच्च पुनःविक्रय मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
२०२६ मोडलको जिली ईएक्सफाइभमा इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जडान सुविधा उपलब्ध छ। यसमार्फत स्मार्टफोनसँग सहज एकीकरण भई नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सामग्री सुरक्षित र सुविधाजनक रूपमा प्रयोग गर्न सकिनेछ। यसले नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको इलेक्ट्रिक एसयूभी (EV) बजारमा जिली ईएक्सफाइभलाई प्रविधिमैत्री विकल्पका रूपमा अझ मजबुत बनाएको छ।
एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले अत्याधुनिक एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधाले नयाँ ईएक्सफाइभले ग्राहकलाई थप सुविधा, कनेक्टिभिटी र दीर्घकालीन मूल्य प्रदान गर्ने बताए।
कम्पनीका अनुसार वर्षको पहिलो महिनामै २०२६ मोडल सार्वजनिक हुनु चीनस्थित जिली अटो ग्रुपसँगको बलियो समन्वय तथा नेपालमा विश्व बजारका नयाँ मोडल ढिलाइबिनै ल्याउन सक्ने एलआरआर मोटर्सको तयारीको प्रमाण हो।
समयअघि नै नयाँ मोडल उपलब्ध गराइँदा ग्राहकले पुराना वा आउटगोइङ मोडल खरिद गर्नुपर्ने अवस्था नआउने कम्पनीको भनाइ छ। यस पहलले एलआरआर मोटर्सलाई बजारको समयरेखाभन्दा अगाडि सोच्ने र ग्राहक अपेक्षामा केन्द्रित ब्रान्डका रूपमा स्थापित गरेको छ।
यस समयमै गरिएको सार्वजनिकरणसँगै एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि र विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
अटो
बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो, बन्यो विश्वकै सबैभन्दा ठूलो ईभी कम्पनी
चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी (BYD) बिक्रीका आधारमा विश्वकै सबैभन्दा ठूलो ईभी कम्पनी बनेको छ। अमे…
एलआरआर मोटर्सको जिली ईएक्स फाइभ बिक्री प्रबर्द्धन योजना
नेपालमा जिली ईएक्स फाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ व…
नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सच…
फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयरमार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो पूर्णतया बिक्…
दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट
चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल …
अत्याधुनिक प्रविधिसहित ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा
नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै…
देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली
नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनि…
विद्युतीय गाडीबारे ५ भ्रम र यथार्थ
विश्वभर विद्युतीय गाडी (ईभी) को लोकप्रियता बढ्दो छ। बीवाईडी,टेस्लादेखि लिएर निसान लिफ, टाटा, एक्सपेङ, चाङ्गनसम्म, बजारमा विभिन्न…
याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दशैंको अवसरमा २५ हजार छुट
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ…
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाइने, कम्पनीका सेयरहरू करिब आठ वर्षयताकै उच्चविन्दुमा
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङक…
टेस्लाले पावरवाल २ ब्याट्री फिर्ता बोलायो, आगलागीको जोखिम
टेस्लाले अष्ट्रेलियामा बिक्री भएका पावरवाल २ होम ब्याट्रीहरू फिर्ता बोलाएको छ। अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसन (ACCC) का …
डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्…
नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक
ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार …
नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ
नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।
‘ड्रिम स्मार्ट …
विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त
वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियु…