कीवर्डहरू -

इन्स्योरेन्स

‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, भर्सन नेक्स्ट आई-सोलुसन प्रणालीको शुभारम्भ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न भएको छ ।

एक हजारभन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिको सहभागिता थियो ।

कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो । कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई-सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’को शुभारम्भसँगै गरिएको थियो ।

कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘ख्भचकष्यल ल्भहत’को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गरेका थिए ।

आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुन: दोहोर्‍याएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए । ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो । आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए ।

हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । उहाँहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीलाई प्रेरित गरेका थिए । उनिहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे ।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्यो भने भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गरे ।

त्यसैगरी नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट Citizen Leader बन्न सफल भए । गीता पौडेल सर्वाधिक बीमालेख  जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गरिन् । दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती (Highest Agent Recruitment) तर्फ प्रथम भए ।

कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए । सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेका थिए । सम्पूर्ण कार्यक्रम उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रमहरू मार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

इन्स्योरेन्स

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ को गोल्ड अवार्ड

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाक…

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौं । आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आईएमईले ए…

२६ वर्षको यात्रामा आइएमई : डिजिटल नवप्रवर्तनमार्फत रेमिटेन्स सेवाबाट सामाजिक-आर्थिक रूपान्तरणको लक्ष्य

काठमाडौं । नेपाली रेमिट्यान्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६ औं वार्षिकोत्स…

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आइएमई लाइफद्वारा आर्थिक सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्ट…

आईएमई लाइफको वित्तीय विश्वसनीयतामा वृद्धि, ‘केयर-एनपी ए -’ मा स्तरोन्नति

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो क्रेडिट रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । CA…

सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणबारे सिटिजन लाइफको विशेष कार्यक्रम

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी…

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणबारे नेपाल लाइफको प्रशिक्षण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हात…

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना …

नेपाल लाइफको विशेष योजना : ३० दिनका लागि विलम्ब शुल्क पूर्ण छुट

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमा लेखहरूको पु…

इसेवासँगको सहकार्यमा नेपाल लाइफले ल्यायो टर्म लाइफ इन्स्योरेन्स, वार्षिक ७२५ रूपैयाँबाट सुरु हुने

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँ…

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएलको डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजि…

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

इसेवाले सुरू गर्‍यो इसेवा लाइफ केयर, ७ सयमा ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा सुविधा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि…

राष्ट्रिय बीमा नीति २०८० जारी, प्रविधिमैत्री बीमाको विकास गर्ने लक्ष्य

सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो । 

नेशनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी पाइने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई …