कीवर्डहरू -

ग्याजेट्स

निओको ‘सर्भिस क्याम्प’मा ल्यापटपको नि:शुल्क जाँचदेखि एक्सचेन्जसम्म

काठमाडौं । ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ ।

सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जनसम्बन्धी विभिन्न उत्पादन बिक्री गर्दै आएको निओ स्टोरले ‘नेभर स्टप केयरिङ’ अर्थात् ग्राहकको निरन्तर ख्याल राख्ने उद्देश्यसहित उक्त क्याम्प आयोजना गरेको हो ।

क्याम्पमा ल्यापटपको सफाइ, सर्भिसिङ, प्राविधिक परामर्श, अपग्रेड तथा एक्सचेन्जलगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौं र पोखरास्थित निओ स्टोरका विभिन्न शाखामा क्याम्प सञ्चालन भइरहेको छ ।

यसअघि पनि आयोजना गरिएको उक्त कार्यक्रममा ५ हजारभन्दा बढी ग्राहक सहभागी भएका थिए । ग्राहकको उल्लेख्य सहभागितालाई ध्यानमा राख्दै कम्पनीले पुन: क्याम्प सञ्चालन गरेको जनाएको छ ।

क्याम्पमा नयाँ तथा पुराना दुवै ल्यापटप प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । आधिकारिक रूपमा खरिद गरिएका वा ग्रे मार्केटबाट खरिद गरिएका जुनसुकै ब्रान्डका ल्यापटपमा समेत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

लामो समयसम्म प्रयोग गर्दा ल्यापटपभित्र धुलो तथा फोहोर जम्मा हुन सक्ने भएकाले त्यसलाई सफा गरी ल्यापटपको कार्यक्षमता सहज बनाउन क्याम्पमा ‘डीप क्लिनिङ’ सेवा उपलब्ध गराइएको छ ।

त्यस्तै, ग्राहकले नि:शुल्क रूपमा ल्यापटपको सामान्य जाँच गराउनुका साथै देखिएका समस्याबारे प्राविधिक परामर्श लिन सक्नेछन् । नयाँ ल्यापटप खरिद तथा पुरानो ल्यापटप अपग्रेड गर्न चाहने ग्राहकका लागि पनि सुपथ मूल्यमा विभिन्न विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ल्यापटप ढिलो चल्ने, अत्यधिक तात्ने वा प्रयोगका क्रममा विभिन्न समस्या देखिने अवस्थामा ग्राहकले प्राविधिक टोलीसँग परामर्श लिन सक्नेछन् । प्राविधिक टोलीले ल्यापटपको अवस्था परीक्षण गरी सम्भावित समस्या तथा आवश्यक अपग्रेडबारे सुझाव दिने जनाइएको छ ।

पुरानो ल्यापटपको क्षमता बढाउन चाहने प्रयोगकर्ताका लागि र्‍याम, एसएसडी तथा ल्यापटपसँग मिल्ने अन्य हार्डवेयर अपग्रेडका विकल्पसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

क्याम्पमा पुरानो ल्यापटप नयाँ ल्यापटपसँग साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । एक्सचेन्जका क्रममा ल्यापटपको ब्रान्ड, मोडल, भौतिक तथा प्राविधिक अवस्था, हार्डवेयर र बजार मूल्यलगायतका आधारमा मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

ग्राहकले नयाँ ल्यापटप किस्ताबन्दीमा समेत खरिद गर्न सक्नेछन् । यद्यपि, एप्पलका म्याकबुकमा भने किस्ताबन्दी तथा सर्भिसिङ सुविधा उपलब्ध नहुने कम्पनीले स्पष्ट पारेको छ ।

ग्याजेट्स

फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’

काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…

ह्वावेको नयाँ स्मार्टवाच ‘वाच डी३’ सार्वजनिक, २४ घण्टा रक्तचाप निगरानीको सुविधा

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले रक्तचाप निगरानीलाई प्राथमिकता दिइएको नयाँ पुस्ताको स्मार्टवाच &lsqu…

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९

काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक…

७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड

काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…

आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच ६ सिरिज नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, आधुनिक स्वास्थ्य निगरानी सुविधा तथा लामो समयसम्म …

फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…

शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ स्मार्ट घडी शाओमी वाच एस फाइब ४६ मिलि…

ह्वाट्सएपको नयाँ फिचर : व्यवसायिक सन्देश अब मुख्य इनबक्सबाट अलग

काठमाडौं । ह्वाट्सएपले बैंक, एयरलाइन्सलगायत ठूला व्यवसायबाट आउने सन्देशलाई छुट्टै फोल्डरमा राख्ने नयाँ फिचरको …

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी (AIoT) इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल …

एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक…

टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटक…

चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो 'ए सिक्स एस प्रो' नेपालमा

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्ष…