ह्याकाथन
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा दुई दिने एआई ह्याकाथन हुँदै, कसरी हुने सहभागी ?
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यसै हप्ता दुई दिने एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम हुने भएको छ । 'थिङ्क, बिल्ड, एन्ड स्केल' भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम यही शुक्रबार र शनिबार विश्वविद्यालय परिसरमा हुनेछ।
शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । यस कार्यशाला तथा ह्याकाथन सिंगापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एआई कम्पनी म्यानस एआई र नेपालमा एआई प्रवर्द्धन गर्दै आएको प्लेटफर्म एनोभेटर्सको सहकार्यमा आयोजना गर्न लागिएको हो।
काठमाडौँबाट गएका अनुभवी प्रशिक्षकहरूले सहभागी विद्यार्थीहरूलाई एआईका विभिन्न प्रयोग र सम्भावनाबारे व्यावहारिक जानकारी दिनेछन् । हाल अधिकांश प्रयोगकर्ताहरूले एआई भन्ने बित्तिकै च्याटजीपीटी बुझ्ने र सामान्यतया लेखन वा रिसर्चका लागि मात्रै एआईको प्रयोग गर्ने गरेको पाइन्छ ।
यस कार्यशालामा सहभागीहरूले कोडिङ्ग अनुभव नभए पनि, प्रोग्रामिङ्ग बिना 'प्रम्प्ट' मार्फत सफ्टवेयर तथा एप बनाउने व्यावहारिक सीप प्राप्त गर्नेछन् । उक्त ह्याकाथनमा सहभागीहरूले एजेन्टिक एआईबारे सिकेर छोटो समयमै आफ्ना आइडियाहरूलाई एआईको मद्दतले एपमा परिणत गर्नेछन् ।
पहिले कहिल्यै कम्प्युटरमा कोड नलेखेका व्यक्तिहरूले पनि म्यानस एआईमार्फत एप निर्माण गर्ने, वेबसाईट बनाउने जस्ता काम गर्न सक्दछन् । म्यानस एआईले कार्यक्रम अवधिभर सम्पूर्ण सहभागीहरूलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने ‘प्रो एकाउन्ट’ निःशुल्क उपलब्ध गराउनेछ, जसले वेबसाइट तथा एप्स निर्माण कार्य थप सहज बनाउनेछ ।
विशेष गरी लुम्बिनी प्रदेशमा रहेका विविध समस्या पहिचान गरी, एआईको प्रयोगमार्फत उक्त समस्या समाधान गर्ने प्रकृतिका एप निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको विश्वविद्यालयले जनाएको छ ।
यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई एआई युगका लागि तयार पार्न सहयोग पुग्ने विश्वविद्यालयको विश्वास छ । यदी तपाई पनि एआई कार्यशाला तथा ह्याकाथनकार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता शुल्क ५०० रूपैयाँ तोकिएको छ भने सिट पनि सिमित रहेको छ ।
ह्याकाथन
धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?
काभ्रेको धुलिखेलमा युथ ह्याक फेस्ट २०२५ हुने भएको छ । चैत १४ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काठमाडौं …
आजदेखि एनसीआईटी कलेजमा ‘नस्काथन लाइट’ ह्याकाथन हुँदै, ५० टिमले प्रतिस्पर्धा गर्ने
आइतबारबाट अन्तर-कलेज ह्याकाथन कार्यक्रम ‘नस्काथन लाइट’ हुने भएको छ । आइतबारदेखि सुरू हुने ह्याकाथन सोमबारसम्…
४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी
सगरमाथा इन्जिनियरिङ कलेमा अर्बिट इन्जिनियरिङ ह्याक्स २.० सुरू भएको छ । ४८ घण्टे यो ह्याकाथनमा सहभागीले विभिन्न आईटीका प्रोजेक्टहर…
३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?
३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?
३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी
कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्प…
कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…
महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न
शिक्वल फाउन्डेसनले महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न गरेको छ ।
बुटवलमा राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ हुँदै, पुरस्कार राशी ७० हजार
सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पसले राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ गर्ने भएको छ । आगामी चैत २५ र २६ गते बुटवलमा २४ घण्ट…
मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना
मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना भएको छ । वीरगञ्ज पब्लिक कलेजले मधेश प्रदेशमा पहिलो पटक ‘बीपीसी ह्य…
सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी
सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०…
एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन
मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गर…
एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?
एक्सिलेरेटिङ स्यानिटेसन फर अल इन एसिया एण्ड द प्यासिफिकको एक हिस्साको रूपमा आयोजना…