कीवर्डहरू -

कोशी

दर्शनार्थीका लागि सहज सञ्चार : पाथीभरामा फोरजी सेवा सुरु

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । सोही सम्झौताअनुसार बिटिएस टावर निर्माण कार्य सम्पन्न भएपछि आजदेखि फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

फोरजी सेवा सञ्चालनसँगै अब पाथीभरा दर्शन गर्न आउने भक्तजनहरूले सहज र गुणस्तरीय सञ्चार सेवा उपयोग गर्न सक्ने छन् । साथै, अनलाइन दान प्रणालीमार्फत भेटी व्यवस्थापनलाई अझ पारदर्शी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

यस टावरबाट पाथीभरा क्षेत्रसँगै फक्ताङलुङ गाउँपालिका लगायत आसपासका बासिन्दा पनि लाभान्वित हुने बताइएको छ ।

कोशी

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्प…

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष…

टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु

नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ …

प्रदेश १ का १०० विद्यालयमा डिजिटल साक्षरता’ अभियान सुरु

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् …