कीवर्डहरू -

अवयरनेस

फ्यान्टम एनर्जीले घरको बिजुली बिल ५–१० प्रतिशतले बढाउँछ, विज्ञको चेतावनी

प्रायः मानिसहरू फोन चार्ज गरेपछि चार्जरलाई सकेटमा लगाएरै छोडिदिन्छन् वा टिभी, माइक्रोवेभ वा वाशिङ मेसिन जस्ता उपकरणहरू प्रयोग गरेपछि पनि त्यसको पावर अफ गर्दैनन्। घर बाहिर निस्कँदा वा रातमा बत्ति निभाएपछि पनि धेरैले सोच्छन् कि अब बिजुली खर्च हुँदैन। तर यो सत्य होइन। जब तपाइँका इलेक्ट्रोनिक उपकरणहरू: जस्तै फोनको चार्जर, टिभी वा गेमिङ कन्सोल, प्रयोगमा नभए पनि प्लगमा जडित रहन्छन्, तब तिनीहरूले बिस्तारै बिजुली उपभोग गर्न जारी राख्छन्।

कोलम्बिया क्लाइमेट स्कूलको एक अनुसन्धानअनुसार, यस्तो अनावश्यक खपतले एउटा घरको कुल बिजुली खपतको करिब ५ देखि १० प्रतिशतसम्म हुनसक्छ। यो निर्भर हुन्छ कि तपाइँका उपकरणहरू कति पुराना छन् र ती कति बढी ऊर्जा खपत गर्ने किसिमका छन्। विज्ञहरूले यसै बर्बादीलाई फ्यान्टम एनर्जी वा भ्याम्पायर एनर्जी भन्छन्। लगातार प्रवाहित भइरहने यस उर्जाले कुल माग बढाउँछ  जसले तपाइँको खातामा थप भार पर्छ र एनर्जी बढी खपत हुँदा वातावरणमा पनि नकारात्मक प्रभाव पर्न सक्छ।

नयाँ र इन्टरनेटसँग जडित स्मार्ट डिभाइसहरूले यस बर्बादीलाई अझ बढाउँछन्। उदाहरणस्वरूप, स्मार्ट टिभी वा स्मार्ट फ्यान जसमा स्मार्ट वेक जस्ता सुविधाहरू हुन्छन्, तिनीहरू बन्द भएता पनि लगभग ४० वाटसम्म ऊर्जा खर्च गर्न सक्छन्। यो सामान्य टिभीको तुलनामा लगभग ४० गुणा बढी हुनसक्छ। यी डिभाइसहरू स्ट्यान्डबाइ मोडमा भएता पनि निरन्तर उर्जा खिच्छन् ताकि तिनीहरू रिमोट वा भ्वाइस कमान्डबाट तुरुन्त अन हुनसकुन्। त्यस्तै गरी, वाइ-फाइ र स्मार्ट असिस्टेन्ट जस्ता उपकरणहरू चौबिसै घण्टा अन रहन्छन्।

यस बर्बादीलाई रोक्न के गर्नुहोस्?

राम्रो खबर यो हो कि तपाइँ केहि साना बानी परिवर्तन गरेर यो बर्बादी रोक्न सक्नुहुन्छ र आफ्नो उपकरणको आयु पनि बढाउन सक्नुहुन्छ:

  • चार्जर तुरुन्त निकाल्नुहोस्: जब तपाइँको फोनको ब्याट्री फुल हुन्छ, चार्जरलाई तुरुन्त प्लगबाट बाहिर निकाल्नुहोस्।

  • उपकरण अनप्लग गर्नुहोस्: माइक्रोवेभ जस्ता उपकरणहरू, जसले केवल घडी देखाउनका लागि पनि बिजुली लिन्छन्, प्रयोगमा नभएको बेला तिनीहरूलाई प्लगबाट हटाउनुहोस्।

  • स्ट्यान्डबाइ सेटिङहरू बन्द गर्नुहोस्: स्मार्ट टिभी र अन्य डिभाइसहरूको त्यस्ता अतिरिक्त सेटिङहरू (जस्तै क्विक स्टार्ट, टाइमर) बन्द गर्नुहोस्, जसले तिनीहरूलाई स्ट्यान्डबाइ मोडमा समेत बिजुली खिच्न बाध्य बनाउँछ।

  • पावर स्ट्रिपको प्रयोग गर्नुहोस्: एक मल्टि-प्लग पावर स्ट्रिप राख्नुहोस्। जब तपाइँ सुत्न जानुहुन्छ वा घर बाहिर जानुहुन्छ, तब त्यसको स्विच अफ गरेर एकै पटक सबै उपकरणहरूको बिजुली बन्द गर्न सकिन्छ।

यी उपायहरू अपनाउँदा तपाइँको बिजुली बिल घट्नेछ, उपकरणहरू लामो समयसम्म टिक्नेछन् र वातावरण संरक्षणतर्फ पनि ठूलो योगदान पुग्नेछ।

अवयरनेस

सामाजिक सञ्जालमा कसैले रकम मागे यकीन गरेर मात्र कारोबार गर्नुः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता माध्यमबाट कसैले रकम मागेमा प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारो…

काठमाडौँ महानगरले ४ हजारलाई निःशुल्क साइबर सुरक्षा तालिम दिदै, यसरी हुनुहोस् सहभागी

काठमाडौँ महानगरपालिकाले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठम…

ह्याकरले फेला पारे पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्ने तरिका, बच्ने कसरी ?

ह्याकरहरूले पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्न सक्ने तरिका फेला पारेका छन् । एक अनुसन्धानमा ह्याकरहरूले अथेन्टिकेसन कुकिजको स…

सामाजिक सञ्जालको दूरूपयोग गरी ठगी हुँदै, जोगिन र प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्ता झूठाअश्वासनमा नपरी,…

अनलाइनबाट कारोबार गर्दा आधिकारिक अकाउन्ट एकिन गरेर मात्र कारोबार गर्न प्रहरीको अनुरोध

सामाजिक संजालमार्फत कारोबार गर्दा सम्बन्धित पेज र अकाउन्ट आधिकारिक हो वा होईन एकिन गरेर मात्र कारोबार गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।