काठमाडौं । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ । नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गएपनि नेपाली सामाग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ ।
दर्शकले आफ्नै भाषा र संस्कृतिका सामाग्री हेर्न चाहँदा कहिले यूट्युबमा छरिएका भिडियो खोज्नुपर्छ, कहिले सिनेमा हलमा सीमित अवधिका लागि मात्र पर्खनुपर्छ । यही अभाव पूरा गर्ने उद्देश्यले मेरोस्ट्रिम सञ्चालनमा आएको हो ।
आईसीटी समाचार