कीवर्डहरू -

स्वास्थ्य

स्वास्थ्यका तीन महत्त्वपूर्ण ऐनमा संशोधनको तयारी, अनलाइनबाटै सुझाव दिन सकिने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय सुझाव मागेको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन, २०४९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार पारिएका विधेयकका मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इच्छुक व्यक्ति, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालालाई साउन १२ गतेभित्र मन्त्रालयको कानुन शाखाको इमेल [email protected] मा निर्धारित ढाँचाअनुसार राय तथा सुझाव पठाउन आग्रह गरेको छ ।

स्तनपान संरक्षणमा थप कडाइ
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ । मस्यौदाअनुसार विशेष अवस्थाबाहेक स्वास्थ्यकर्मीले आमाको दूधको विकल्प हुने वस्तु सिफारिस गर्न नपाउने व्यवस्था राखिएको छ ।

त्यस्तै, सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने, प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा प्रवर्द्धन समिति गठन गर्न सक्ने तथा आमाको दूधको विकल्प हुने वस्तुको विज्ञापन, प्रवर्द्धन र क्रस–प्रमोसनमाथि थप नियमन गर्ने प्रस्ताव गरिएको छ । ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कैद, जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था पनि थप स्पष्ट बनाइएको छ ।

स्वास्थ्यकर्मी र विद्यार्थीको सुरक्षामा जोड
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययनरत विद्यार्थीलाई पनि कानुनी संरक्षणको दायरामा ल्याउने प्रस्ताव गरिएको छ ।

यस्तै, स्वास्थ्य संस्थाभित्र हतियारसहित प्रवेश गरी बल प्रदर्शन गर्न रोक लगाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थीमाथि हुने हिंसा र अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । साथै, ऐन कार्यान्वयनका लागि मन्त्रालयलाई आवश्यक निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने अधिकार दिने प्रस्तावसमेत समेटिएको छ ।

प्रसूति बिदा छ महिनासम्म पुर्‍याउने प्रस्ताव
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

साथै, सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्ने र गर्भवती तथा सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था पनि समावेश गरिएको छ । मस्यौदामा हालको कम्तीमा ९८ दिनको प्रसूति बिदालाई बढाएर छ महिनासम्म पुर्‍याउने प्रस्ताव गरिएको छ ।

सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व, आकस्मिक प्रसूति सेवा, नवजात शिशुको अत्यावश्यक सेवा, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

मन्त्रालयले प्राप्त हुने राय सुझावका आधारमा तीनवटै विधेयकको मस्यौदामा आवश्यक संशोधन गरी थप कानुनी प्रक्रियाका लागि अघि बढाइने जनाएको छ ।

स्वास्थ्य

शल्यकक्षमा एआई : उपचारको नयाँ युग कि नियमन नपुगेको जोखिम ?

काठमाडौं । सर्जरी कक्षमा कम्प्युटरको उपस्थिति नयाँ होइन । तर अब त्यो स्क्रिनले केवल तस्बिर देखाउँदैन, निर्ण…

बीमा सेवा सहज बनाउन क्यूआर प्रणाली लागू, कार्ड साथमा नभए पनि उपचार पाइने

काठमाडौं । अबदेखि अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीलाई उपचार सेवा दिन स्वास्थ्य बीमा कार्ड अनिवार्य…

फेसबुक–टिकटकमा नक्कली पेज सक्रिय, हटाउन स्वास्थ्य बीमा बोर्डको २४ घण्टे अल्टिमेटम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सञ्चालन गरिएका अनधिकृत सामाजिक सञ्जाल पेज तथा…

इजीभ्याक्स: खोपको सम्पूर्ण जानकारी दिने र डिजिटल रेकर्ड राख्ने प्लेटफर्म

रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो खोप। यही कारण सरकारले बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आ…

डिजिटल प्रविधिले बदलिँदै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव

गोरखाकी जेसिका रसाइली उपचारका लागि बेला–बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल आइरहन्छिन्। सेवा सुस्त हुनु र …

हाप्सा नेपालले ल्यायो ‘सर्ट’ एप, प्राथमिक उपचारका भिडियो नेपालीमै हेर्न पाइने

हाप्सा नेपाल (HAPSA Nepal) ले दरबार हाई स्कूल, रानीपोखरीमा विशेष कार्यक्रम आयोजना गर्दै ‘Community Emergency Response …

ईएमआर निर्देशिका स्वीकृत, स्वास्थ्य संस्थाहरूले अब एक अर्कासँग बिरामीका तथ्यांक शेयर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१…

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । 

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…

इसेवाको एकमा चार अफर, दैनिक एक रूपैयाँ भन्दा कममै स्वास्थ्य र दुर्घटना बीमा सुविधा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको…

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखि…

तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा

५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला &lsq…

खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा  

खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गरा…