टेलिकम
भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा रु ३३ लाख ५० हजार सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिक रूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रकम जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रसिद मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेको पनि उपस्थिति थियो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको छ । बाढी प्रभावितको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।
एनसेल आजियाटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग गरिसकेको छ ।
टेलिकम
म्याद सकियो, नवीकरण भएन : यूटीएलको लाइसेन्स खारेजीतर्फ
काठमाडौं । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफो…
बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा
काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…
बाढी प्रभावितलाई एनसेलको राहत : नि:शुल्क सेवा अवधि थप ७ दिन थप
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको …
भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट
काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेक…
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा पुन: सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका मोबाइल बीटीएस …
बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुन: सञ्चालनमा ल्याएको छ । टे…
नेपाल–चीन सीमासम्म मोबाइल सेवा पुन: सञ्चालन, थप ७ बीटीएस साइट सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ…
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुन: सुचारु
काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ…
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालनमा तीव्रता
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन…
बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना
काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चा…
बाढी प्रभावितलाई टेलिकमको राहत प्याकेज, ३ दिन थपियो नि:शुल्क सञ्चार सुविधा
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस …
नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Rec…
रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा त…
स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्व…
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर…