टेलिकम
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो नेपाली कम्पनी
एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सुचिकृत भएको हो । विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सुचिकृत गरिएको हो ।
निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सुचिकृत गराएको हो ।
यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ ।
डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सुचिकरण गराएको छ । सो सुचिकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी एनसेलले पोखरा र हेटौडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।
“हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सुचिकरणको प्रक्रिया सहज भएको हो । सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं । डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सुचिकरण अत्यन्त महत्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ । यो सुचिकरणका लागि हामी सूचना प्रविधि विभाग प्रति धेरै आभारी छौं,” एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।
सुचिकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरणहरुको गहन अध्ययन गरेको थियो ।
सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
निर्देशकाले देशमा सूचना प्रविधि प्रणालीहरूको भरपर्दो, सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रमा नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
टेलिकम
बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक
नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटे…
तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्…
एनसेलले सुरू गऱ्यो भोवाईफाई सेवा, पहिलो चरणमा आईफोन प्रयोगकर्ताले लाभ लिन सक्ने
आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवा…
नेपाल टेलिकम र एनसेलले तिर्न थाले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता, १ अर्ब ५० करोड अझै बाँकी
मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३…
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ ।
एक महिनामै करिब २ लाख घटे फोरजी प्रयोगकर्ता, के होला कारण ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै करिब २ लाखले घटेको छ । २०८१ मंसिरसम्म २ करोड ५२ लाख ६० हजार २५३ फोरज…
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ मान्यता
एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा …
राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीम…
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, समयसापेक्ष कानुन नहुँदा मारमा
झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन्। अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबी…
बजारमा उपलब्ध भए नेपाल टेलिकमका रिचार्ज कार्डहरू
नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा उपलब्ध भएका छन् । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसके…
घट्यो नेपाल टेलिकमको आम्दानी र खुद नाफा, यस्तो छ कारण
नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा…
विपद्को घडीमा एनसेलको साथ, ग्राहकलाई परिवार, आफन्तसँग सम्पर्कमा रहन निःशुल्क डेटा
एनसेलले असोज १२ गते शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको …
२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।
नेपा…