कीवर्डहरू -

दूरसंचार

नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव

काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले विशेष पहल थालेको छ । प्राधिकरणले ‘Mobile Broadband Enhancement Plan (Nepal’s Road to 5G)’ को मस्यौदा तयार गरी सर्वसाधारण तथा सम्बन्धित सरोकारवालाबाट राय सुझाव मागेको हो ।

नेपालको दूरसञ्चार बजारको वर्तमान अवस्था, मोबाइल डाटा तथा सेवाको मागमा भइरहेको निरन्तर वृद्धि, अन्तर्राष्ट्रिय अभ्यास, सेवा प्रदायकबाट प्राप्त विवरण र विभिन्न सरोकारवालासँगको छलफलका आधारमा उक्त रणनीतिक मार्गचित्र तयार गरिएको प्राधिकरणले जनाएको छ ।

मस्यौदामा नेपालमा ५जी सेवा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने तथा मोबाइल ब्रोडब्यान्ड सेवाको गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । यसका लागि अल्पकालीन र दीर्घकालीन योजना समेत प्रस्ताव गरिएको छ ।

प्राधिकरणले मस्यौदा तयार गर्ने क्रममा दूरसञ्चार सेवा प्रदायक, प्रविधि विज्ञ तथा अन्य सरोकारवालासँग छलफल गरेको जनाएको छ । अब सर्वसाधारणसहित सम्बन्धित सबै पक्षले मस्यौदामाथि आफ्नो राय तथा सुझाव दिन सक्नेछन् ।

प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक माध्यमबाट राय तथा सुझाव उपलब्ध गराउनुपर्नेछ । प्राप्त सुझावलाई अध्ययन गरी आवश्यक विषय समावेश गरेपछि मस्यौदालाई अन्तिम रूप दिइने प्राधिकरणले जनाएको छ ।

५जी प्रविधिको विस्तारसँगै उच्च गतिको इन्टरनेट, गुणस्तरीय मोबाइल सेवा र नयाँ डिजिटल प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ । प्राधिकरणले तयार गरेको यो मार्गचित्रले नेपालको डिजिटल रूपान्तरण तथा दूरसञ्चार क्षेत्रको आगामी विकासको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

मस्यौदा दस्तावेज प्राधिकरणको आधिकारिक वेबसाइटमा अध्ययनका लागि उपलब्ध गराइएको छ ।

दूरसंचार

शेयर कारोबार रोक्ने सरकारी निर्णय पुनर्विचार गर्न एनसेलको आग्रह, विदेशी लगानीमै असर पर्ने दाबी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो शेयर खरिद बिक्री प्रक्रियालाई सरकारी मान्यता नदिने निर्णय, अनु…

हरायो वा बिग्रियो नेपाल टेलिकमको सिम ? अब अनलाइनबाटै रिप्लेस गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड पुन: प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाएको छ । शुक्र…

फाइभजीको युगमा पनि २४ लाख नेपाली अझै टुजीमै, नयाँ प्रविधि अपनाउन किन ढिलाइ ?

काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू थ्रीजी प्रविधिलाई क्रमश: विस्थापित गर्दै फोरजी सेवामा केन्द्…

आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द

काठमाडौं । एनसेलले आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गरेको छ । कम्पन…

अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइट इन्टरनेट सञ्चालन भइरहेको भन्दै सरकारको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा सञ्चालन भइरह…

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यको छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढेको छ । आवेदन संकलन र प्रारम्भ…

नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै

काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्…

प्रसारण लाइन विकासमा नेपाली कम्पनीहरूको उल्लेखनीय सहभागिता : नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली (बुट मोडल) मार्फत …

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : सेवा छिटो, सहज र पूर्ण डिजिटल बनाऊ

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीलाई अझ छिटो, सहज र प्रवि…

थ्रीजी सेवा बन्द गर्दै एनसेल, यसरी भोल्टे प्रयोग गरी लिन सकिन्छ फोरजीकै सेवा

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्…

नेपाल टेलिकमको नयाँ प्याकेज : सब्सक्रिप्सन आधारित स्वतः नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक रूपमा प्याकेजलाई स्वत: नवीकरण गर्न सक्नेछन् । …

नेपाल टेलिकमको नयाँ सुविधा : के हो सब्सक्रिप्सन बेस्ड मोडेल, कसरी हुन्छ प्याकेज स्वत: नवीकरण ?

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि नयाँ सुविधा सुरु गर्ने भएको छ । अब ग्राहकले एकपटक आफूल…

नेपाल टेलिकमको डिजिटल रूपान्तरणमा ‘भाइब कोडिङ’ : एआईसँगको सहकार्यले कसरी आफैं बनाउँदैछ सफ्टवेयर ?

काठमाडौं । नेपाल टेलिकम अब महँगा विदेशी सफ्टवेयर खरिद गर्ने वा हरेक नयाँ प्रणालीका लागि बाह्य भेन्डरमा…

मोबाइलमा आउने नक्कली सन्देशबाट ठगीको खतरा, प्राधिकरणले जारी गर्‍यो चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश त…

अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ प्रमुख रुटहरूमा अव्यवस्थित रूपमा रहेका टे…