कीवर्डहरू -

दूरसंचार

फिफा विश्वकप पाइरेसीमाथि कडा प्रहार : यी ३५ वेबसाइट र एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र मोबाइल एपमाथि रोक लगाउन देशभरका इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै ती वेबसाइट तथा एपमार्फत विश्वकपका खेलहरू अवैध रूपमा स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो । यस सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयले समेत प्राधिकरणलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।

मन्त्रालयका अनुसार नेपालभित्र फिफा विश्वकप २०२६ को विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डिगो–जेभीएचटिभीले प्राप्त गरेका छन् ।

यद्यपि केही पाइरेटेड वेबसाइट र एपहरूले प्रतियोगिताका खेलहरू नेपालभित्र नि:शुल्क तथा अनधिकृत रूपमा स्ट्रिमिङ गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएपछि नियामक निकायले सेवा प्रदायकहरूलाई ती प्लेटफर्ममा पहुँच रोक्न निर्देशन दिएको हो ।

चार वर्षअघि सम्पन्न फिफा विश्वकपका क्रममा पनि यस्ता अनधिकृत स्ट्रिमिङ प्लेटफर्मका कारण इन्टरनेट ब्यान्डविथको खपत अस्वाभाविक रूपमा बढेको थियो । त्यसबेला सेवा प्रदायकहरूले अतिरिक्त अन्तर्राष्ट्रिय ब्यान्डविथ शुल्क व्यहोर्नुपरेको थियो ।

साथै, करोडौं रुपैयाँ खर्चेर प्रसारण अधिकार खरिद गरेका आधिकारिक प्रसारकहरूले पनि पाइरेसी नियन्त्रणका लागि सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए ।

यसैबीच मन्त्रालय, सेवा प्रदायक तथा प्रसारण अधिकार प्राप्त कम्पनीहरूबीच भएको छलफलपछि प्राधिकरणले अनधिकृत प्लेटफर्ममाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

निर्देशन जारी भएसँगै केही वेबसाइटहरूमा पहुँच रोक्ने काम सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले प्रतिबन्ध लगाउन निर्देशन दिएका ३५ वेबसाइट तथा एपहरूको सूची समेत सार्वजनिक गरेको छ ।

null

दूरसंचार

साझा टावर, सस्तो इन्टरनेट : डिजिटल खाडल घटाउने उपाय

काठमाडौं । नेपालमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको देखिए पनि त्यो विस्तार सबैका लागि समान छैन । क…

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना…

दूरसञ्चार क्षेत्रमा रोयल्टी असुली कमजोर, ३५ करोड बक्यौता

काठमाडौं । विभिन्न दूरसञ्चार सेवाप्रदायकहरूले सरकारलाई बुझाउनुपर्ने ३५ करोड ३६ लाख ८४ हजार रुपैयाँ रोयल्टी …

टेलिकमको नयाँ व्यवस्था, घरमै बसेर नयाँ प्रिपेड ई-सिम लिन सकिने

काठमाडौं । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । यससँगै ई-सिम लि…

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० …

३९ सुरक्षा विशेषतासहित नयाँ स्मार्ट लाइसेन्स : अफलाइनमै जाँच गर्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको गुणस्तर र सुरक्षण पक्षब…

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सि…

टेरामक्स भ्रष्टाचार प्रकरण: प्राविधिक परीक्षणका लागि विशेष अदालतद्वारा विज्ञ समूह गठन

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा प्राविधिक परीक्षणका ल…

नेपाल टेलिकमले रद्द गर्‍यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया

नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न अघि बढाएको ठेक्का प्रक्रिया रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरि…

प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ?

नेपालको दूरसञ्चार क्षेत्र पछिल्ला वर्षहरूमा नीतिगत अन्योल, नियामकीय असमानता र लगानीको अनिश्चितताबाट गुज्रिरहेको छ। यही पृष्ठभूमि…

फोरजी नेटवर्कको पहुँच र गुणस्तर सुधारमा एनसेलः २५० वटा नयाँ टावर जडान २,२०० साइटको क्षमता अभिवृद्धि

एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडा…

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो

नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्रा…

पुरानै प्रविधिमा नेपाल टेलिकम: डेढ दशकपछि पनि नयाँ बिलिङ प्रणाली नटुंगिने संकेत

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम लामो समयदेखि राजनीतिक र आर्थिक रुपमा चलखेलको केन्द्र बन्दै गएको छ । जसको …

माघसम्ममा फाइभजी सेवा सुरू गर्ने तयारीमा नेपाल टेलिकम, नीतिगत सहयोगको माग

आगामी माघसम्ममा नेपाल टेलिकमले फाइभजी सेवा सुरू गर्ने तयारी गरेको छ । सरकारले दिएको म्यान्डेट अनुसा माघसम्ममा काठमाडौं र पोख…

आम्दानी घट्दा पनि चर्को करको मारमा टेलिकम कम्पनी, सात वर्षमा २८ प्रतिशतले घट्यो आम्दानी

पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिक…