कीवर्डहरू -

दूरसंचार

बाढीग्रस्त क्षेत्रमा स्टारलिंकको नि:शुल्क इन्टरनेट प्रस्ताव, सरकारको अनुमति पर्खिंदै

काठमाडौं । बाढी र पहिरोका कारण सडक, पुल तथा परम्परागत सञ्चार संरचना प्रभावित भइरहेका बेला नेपालमा उद्धार तथा राहत कार्यका लागि स्याटलाइट इन्टरनेट उपलब्ध गराउने प्रस्ताव आएको छ ।

अमेरिकी स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन नेपाल सरकार तथा मानवीय सहायता संस्थालाई नि:शुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

कम्पनीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो सेवा विपद् व्यवस्थापनमा प्रयोग गर्न तयार रहेको जानकारी दिएको छ । नेपाल सरकारबाट आवश्यक अनुमति प्राप्त हुना साथ प्रभावित क्षेत्रमा प्रयोग गर्न सकिने उपकरण (किट्स) उपलब्ध गराउने र सेवा नि:शुल्क सञ्चालन गर्ने स्टारलिंकले जनाएको छ ।

सडक र मोबाइल नेटवर्क अवरुद्ध हुँदा वैकल्पिक सञ्चार
बाढी र पहिरोका कारण कतिपय स्थानमा सडक तथा पुलमा क्षति पुगेको छ भने मोबाइल टावर र नियमित सञ्चार सेवा पनि प्रभावित हुने जोखिम बढेको छ । यस्तो अवस्थामा स्याटलाइटमा आधारित इन्टरनेटले भौतिक सञ्चार पूर्वाधारमा निर्भर नभई सम्पर्क कायम राख्न सहयोग गर्न सक्छ ।

स्टारलिंकका अनुसार विपद्का बेला सडक तथा सञ्चार नेटवर्क विच्छेद हुँदा यसको सेवा उद्धार टोली, स्वास्थ्यकर्मी र आफ्ना आफन्तको खोजीमा रहेका परिवारका लागि उपयोगी हुँदै आएको छ ।

कम्पनीले आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क कायम राख्न स्याटलाइट इन्टरनेटको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेपालमा पनि आवश्यक परे तत्काल सहयोग गर्न तयार रहेको जनाएको हो ।

सरकारको अनुमतिपछि उपकरण उपलब्ध गराउने
स्टारलिंकले नेपालमा सेवा उपलब्ध गराउन आवश्यक उपकरण तत्काल उपलब्ध गराउन सक्ने जनाएको छ । त्यसका लागि भने नेपाल सरकारबाट अनुमति आवश्यक पर्नेछ । कम्पनीले सरकार तथा मानवीय सहायता क्षेत्रमा काम गरिरहेका संस्थाहरूसँग समन्वय गरेर प्रभावित क्षेत्रमा सेवा पुर्‍याउने इच्छा व्यक्त गरेको छ ।

दूरसंचार

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना

काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चा…

बाढी प्रभावितलाई टेलिकमको राहत प्याकेज, ३ दिन थपियो नि:शुल्क सञ्चार सुविधा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस …

नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Rec…

रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा त…

स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्व…

एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर…

टेलिकमको नाफामा उल्लेख्य वृद्धि, तीन महिनामै ४ अर्ब माथि

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद मुनाफा उल्ले…

क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभ…

गुजुल्टिएका र प्रयोगविहीन तार हटाउने अभियानमा प्रगति, अझै बाँकी छन् यी काम

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख सडक तथा शहरी क्षेत्रमा पोलमा अव्यवस्थित रूपमा गुजुल्टिएका, चुँडिएका र प्र…

बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइ…

नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवर…

प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति एनसेलको आपत्ति, भन्यो- ‘गोपनीयताको गम्भीर उल्लङ्घन’

काठमाडौं । एनसेलले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ …

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : बैंकका अध्यक्षदेखि प्राधिकरणका पूर्वअध्यक्षसम्म २२ जनाविरुद्ध मुद्दा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरी एनसेललाई बिक्री गरेको प्रकरणले नयाँ कानुनी मोड लिएको छ । जिल्…

नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव

काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल …

विद्युत् व्यापार विभाग पूर्णत: डिजिटल बन्दै, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार विभागका सेवालाई थप आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने…