इभेन्ट
टेक र करियरको खोजीमा विद्यार्थी, एलबीईएफमा सम्पन्न भयो ‘प्रविधि मेला’
काठमाडौं । प्रविधि केवल कक्षाकोठामा पढ्ने विषय होइन, रोजगारी, उद्यमशीलता र सिर्जनशीलताको महत्वपूर्ण आधार पनि हो भन्ने सन्देशसहित काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ) मा आयोजित दुईदिने ‘प्रविधि मेला’ सम्पन्न भएको छ ।
सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएएन) को आयोजनामा भएको मेलामा विद्यार्थी र युवादेखि प्रविधि व्यवसायी, उद्यमी, रोजगारदाता तथा अभिभावकसम्म सहभागी भएका थिए । प्रविधि क्षेत्रमा उपलब्ध सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई विद्यार्थी तथा युवासँग प्रत्यक्ष जोड्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन गर्दै एलबीईएफका अध्यक्ष ई. पंकज जालानले नेपालले प्रविधिको प्रयोग गर्ने मात्र नभई प्रविधि र दक्ष जनशक्ति निर्यात गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।
उनका अनुसार बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा प्रणालीलाई उद्योग तथा प्रविधि क्षेत्रको आवश्यकतासँग जोड्न आवश्यक छ । विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप, समस्या समाधान गर्ने क्षमता र नवप्रवर्तनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
‘उद्योग र बजारको आवश्यकतासँग जोडिएको आईटी शिक्षा अहिलेको आवश्यकता हो,’ जालानले भने, ‘विद्यार्थीलाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सक्ने वातावरण बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउँछन् ।’
दुई दिनसम्म चलेको मेलामा प्रविधि र सिर्जनशीलतासँगै खेल तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिलाई समेत प्राथमिकता दिइएको थियो । विद्यार्थीले नयाँ प्रविधि र विचारबारे जानकारी लिनुका साथै विभिन्न प्रतिस्पर्धामा सहभागी भएर आफ्नो प्राविधिक तथा सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए ।
मेलामा क्रिएटिभ क्ल्यास, बिल्ड ब्याटल, क्याप्चर द फ्ल्याग (सीटीएफ), क्ल्यास रोयाल र ई-फुटबल गरी पाँच प्रतियोगिता आयोजना गरिएको थियो । आयोजकका अनुसार इन-किन्ड पुरस्कारसहित प्रतियोगिताहरूको कुल पुरस्कार राशि २ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
प्रविधिसम्बन्धी प्रतिस्पर्धासँगै मेलामा करियर मार्गदर्शन, नवीन विचार प्रस्तुति, मेन्टरसँग अन्तरक्रिया, प्राविधिक सिर्जना तथा नेटवर्किङका गतिविधि समेत सञ्चालन गरिएको थियो । यसले विद्यार्थीलाई प्रविधि क्षेत्रमा आफ्नो करियरको सम्भावना बुझ्न तथा उद्योगसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न अवसर दिएको आयोजकको भनाइ छ ।
मेलामा सहभागी विद्यार्थी, प्रविधि उत्साही र नवप्रवर्तकबीच नयाँ विचार आदानप्रदान तथा अनुभव साटासाटसमेत भएको थियो । कक्षाकोठाको सिकाइलाई व्यावहारिक गतिविधि र प्रतिस्पर्धासँग जोड्दै विद्यार्थीलाई प्रविधिको वास्तविक प्रयोगतर्फ आकर्षित गर्नु मेलाको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।
सीएसआईटीएएनले विद्यार्थी प्रतिभा, प्रविधि र नवप्रवर्तनलाई एउटै प्लेटफर्ममा जोड्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
इभेन्ट
नेपालको औद्योगिक क्षेत्रमा एआई र उद्योग ४.० को प्रयोगबारे छलफल हुने
काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उद्योग ४.० को भूमिकाबारे छलफल …
टीम नेपाल दक्षिण कोरियामा हुने युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै
काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको …
ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे
काठमाडौं । नेपालको ट्राभल एप ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालन भइरहेको छ । सेप्टेम्बर २१ द…
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न : डिजिटल रेजिलियन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रमाथि गहन बहस
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ ललित…
नेपाल टेक रोडशो युरोप २०२६ सम्पन्न, नेपाली प्रविधिलाई युरोपेली बजारसँग जोड्ने प्रयास
काठमाडौं । नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रो…
डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड
काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ मा नेपालको एआई (कृत्रिम बुद्धिमत्ता) इकोसिस्टम तथा डिजिटल क्षम…
वर्डक्याम्प काठमाडौं २०२६ सम्पन्न, एआईदेखि डिजिटल व्यवसायसम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस समुदायको प्रमुख प्रविधि सम्मेलनका रूपमा आयोजना गरिएको वर्डक्याम्प काठमाडौं २०२६ स…
आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…
बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘ने…
डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने
काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भ…
युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न
काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ से…
काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै
काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागब…
‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…
नेपालय कलेजमा २४ घण्टे ‘ह्याकाथन’ सम्पन्न, विद्यार्थीहरूले बनाए नवीन प्रविधिमूलक परियोजना
काठमाडौं । विद्यार्थीहरूको प्राविधिक सीप, सिर्जनशीलता र समस्या समाधान क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ काठम…
डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने
काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्…