कीवर्डहरू -

इभेन्ट

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्यामेरा रहेको छ । त्यस्तै अनर ९ लाइट यहि डिसेम्बर २६ बाट चाईनिज बजारमा बिक्रि सुरु हुनेछ र त्यसपछि रुस,बेलायत तथा भारत लगायतका विश्वका १४ वटा देशका बजारमा बिक्रीको लागि आउने छ ।

अनर लाइट ९ एनड्रोइड ८.० ओरियो भर्जनमा  उपलब्ध हुनेछ । त्यस्तै यसमा आइपिएस एलसीडी ५.६५ इन्च फुल एचडी  डिस्प्ले रहेको छ ।हुवावे हाईसिलिकन ६५९ को ओक्टाकोर  प्रोससर रहेको रहेको यो स्मार्टफोन ३ जीबी र ४ जीबी र्याम भएको दुइवटा संस्करणमा उपलब्ध हुनेछ ।

\"\" उक्त स्मार्टफोनमा दुवै तर्फ डुअल क्यामेराको  प्रयोग गरिएको छ । दुबै तर्फ प्राइमरी १३ एमपी र सेकेण्डरीमा २ एमपीको क्यामेरा जडान गरिएको छ। रियर क्यामेरामा पिडिएफ् अटोफोकस र एलईडी लाइट जस्ता फिचरहरु राखिएको छ,जसले गर्दा यो फोनबाट राम्रो क्वालिटीको फोटो खिच्न सकिन्छ ।त्यस्तै यो फोनमा ३२ जीबी र ६४ जीबीको इन्बिल्ट स्टोरेज पनि दिईएको छ, जसलाई एसडी कार्डको सहायताबाट २५६ जीबी सम बढाउन सकिन्छ ।

फोनको ब्याट्रीको कुरा गर्दा ३००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएको छ,जसको टक टायम थ्रीजीमा  २० घण्टा छ । त्यस्तै अनर ९ लाइटमा जायरो,एक्सेलेरोमिटर, प्रोक्सीमिति जस्ता सेन्सरहरु राखिएका छन् ।

इभेन्ट

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…

ओपोद्वारा ६ जीबी र्यामको \'एफफाइभ रेड एडिशन\' सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जी…

विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन

केहि समय अघि मात्रै  स्मार्टफोन कम्पनी भिभोले रसियामा  २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार …