कीवर्डहरू -

बैंकिङ

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ । यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् ।

बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आईएमई बैंकको वेबसाइटमा प्रवेश गरेर खाता खोल्न सक्नेछन् । यस सेवाका लागि आवश्यक व्यक्तिगत विवरण ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिनेछ ।

बैंकले यो सुविधा नेपालमै पहिलो पटक सुरु गरिएको दाबी गर्दै यसबाट खाता खोल्ने प्रक्रिया थप सहज, छिटो र प्रविधिमैत्री हुने जनाएको छ । व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने आवश्यकता हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको भनाइ छ ।

यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका र नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी र सहज बनाउनुका साथै ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आईएमई बैंक हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकिङ

एनआईसी एशिया क्यापिटल : डिम्याट खाताको राष्ट्रिय परिचयपत्र विवरण अब अनलाइनबाटै अपडेट गर्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्राहकलाई डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत नै…

गरिमा विकास बैंकले एकैसाथ ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर ग्राहकलाई थप सहज र आधुनिक बै…

एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र छिटो उपलब्ध गराउने उद्देश्यले नेपाल सर…

नबिल बैंकको ४२ औँ वार्षिकोत्सव, ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत भविष्यको बैंकिङ यात्रामा जोड

काठमाडौं । नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ औँ वर्ष पूरा गरेको छ…

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका ला…

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सह…

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको विशेष योजना, १५ लाखसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्ने

काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धा…

राष्ट्रिय वाणिज्य बैंकको नयाँ सुविधा, अब घरबाटै अनलाइनमार्फत कर्जा लिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकलाई कर्जा सेवा अझ सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यल…

सानिमा बैंकले थाल्यो भारत–नेपाल रियल टाइम पी२पी भुक्तानी सेवा

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्…

नेपाल बैंक एनपीएस-एनसीएस र नेपालपे कार्ड प्रणालीमा आवद्ध

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल क्यिरिङ हाउस लिमिटेड (NCHL) बीच राष्ट्रिय भुक्तानी स्विच (National Pa…

एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ…

ग्लोबल आईएमई बैंकको नयाँ सुविधा : एक क्लिकमा खाता ब्लक गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्…

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्र…

स्टार्टअप र साना व्यवसायका लागि ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले देशमा उद्यमशीलताको विकास गर्ने तथा साना र मझौला उद्योगहरूलाई सहयोग …

सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध …