डिजिटल नेपाल
कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपबाटै
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य अब मोबाइलबाटै हेर्न सकिने भएको छ ।
मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि उक्त एप सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्री गिता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने र डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताइन् । उनले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गरिन् ।
यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई स्तरोन्नति गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ एपमार्फत पनि सार्वजनिक गर्न थालिएको हो ।
एन्ड्रोइड प्रणाली भएका मोबाइलमा यो एप साउन ८ गतेदेखि प्रयोग गर्न सकिनेछ । कृषि विभागको वेबसाइटमा उपलब्ध द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाहसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
डिजिटल नेपाल
इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…
स्वास्थ्यका तीन महत्त्वपूर्ण ऐनमा संशोधनको तयारी, अनलाइनबाटै सुझाव दिन सकिने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि …
विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने
काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …
केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …
वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा अन्य समस्यासम्बन्धी उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएक…
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकी…
विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी
काठमाडौं । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला
काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…
अब निर्माण व्यवसायीको इजाजतपत्र घरबाटै नवीकरण, आजदेखि अनलाइन प्रणाली अनिवार्य
काठमाडौं । अब निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले निर्मा…
आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय
काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित
काठमाडौं । सरकारले साउन १ गते (भोलि) देखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्तामाथि मूल्…
बिजुलीको बिलमा भोलिदेखि नयाँ नियम, ५० युनिटमाथिको खपतमा ५ प्रतिशत भ्याट
सार्वजनिक ईभी खरिदमा राष्ट्र बैंकको सहुलियत, ८० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थ…
विद्यार्थीका लागि नयाँ व्यवस्था : अब समकक्षताका लागि त्रिवि होइन, यूजीसी जानुपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धार…