डिजिटल नेपाल
२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड
काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिमा व्यापक संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति २०८३’ लागू गरेको छ । नयाँ नीतिले दिगो, सुरक्षित, सर्वसुलभ, पहुँचयोग्य, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक, रेल, जलमार्ग र हवाई यातायातबीच प्रभावकारी समन्वय कायम गर्दै एकीकृत यातायात प्रणाली विकास गर्ने उद्देश्यले नयाँ नीति कार्यान्वयनमा ल्याइएको हो ।
मन्त्रालयले आधुनिक प्रविधिमा आधारित, सुरक्षित र प्रभावकारी यातायात सेवाको विस्तार गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य नीतिले लिएको जनाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सार्वजनिक यातायातको गुणस्तर अभिवृद्धि, सडक सुरक्षा सुदृढीकरण, वातावरणमैत्री प्रविधिको प्रवर्द्धन तथा डिजिटल प्रणालीको विस्तारलाई नयाँ नीतिमा विशेष प्राथमिकता दिइएको छ ।
सरकारले बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तनका चुनौती तथा दिगो विकासका लक्ष्यलाई ध्यानमा राख्दै दुई दशकभन्दा बढी समयपछि राष्ट्रिय यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।
डिजिटल नेपाल
कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपबाटै
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्…
प्रश्नपत्र चुहावटपछि त्रिवि ‘अलर्ट’, परीक्षार्थीका लागि कडा निर्देशिका जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा …
परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) परीक्षाक…
असारको बिजुली बिलमा भ्याट विवाद : मन्त्रीको चासोपछि प्राधिकरणले माग्यो आन्तरिक राजस्वको राय
काठमाडौं । असार महिनामा खपत भएको विद्युत्को बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएपछि उपभोक्ताबाट व्याप…
इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…
स्वास्थ्यका तीन महत्त्वपूर्ण ऐनमा संशोधनको तयारी, अनलाइनबाटै सुझाव दिन सकिने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि …
विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने
काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …
केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …
वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा अन्य समस्यासम्बन्धी उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएक…
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकी…
विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी
काठमाडौं । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला
काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…
अब निर्माण व्यवसायीको इजाजतपत्र घरबाटै नवीकरण, आजदेखि अनलाइन प्रणाली अनिवार्य
काठमाडौं । अब निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले निर्मा…