काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन ३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले रु ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नेछन् ।
यस अन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । मंगलबारदेखि आगामी आउँदो मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिनेछ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । ‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *1415*9# डायल गर्न सकिने छ ।
आईसीटी समाचार