कीवर्डहरू -

गण्डकी

पोखरामा प्रिक्सा, प्रविधि र नवप्रवर्तनको नयाँ केन्द्र बन्ने तयारी

काठमाडौं । प्रविधि, डिजिटल ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआई), मार्केटिङ तथा नवप्रवर्तन क्षेत्रमा कार्यरत कम्पनी प्रिक्साले आफ्नो सेवा र उपस्थितिलाई पोखरासम्म विस्तार गरेको घोषणा गरेको छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, भौगोलिक सीमाभन्दा पनि प्रतिभा, अवसर र अगाडि बढ्ने इच्छाशक्तिलाई प्राथमिकता दिँदै पोखरामा आफ्नो उपस्थिति विस्तार गरिएको हो ।

प्रिक्साले पोखरालाई प्रतिभाशाली जनशक्ति, सिर्जनशीलता, उद्यमशील सोच र महत्वाकांक्षाले भरिएको शहरका रूपमा उल्लेख गर्दै, यहाँको विस्तार केवल नयाँ कार्यालय स्थापना मात्र नभई स्थानीय प्रतिभालाई आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्ने प्रतिबद्धताको प्रतीक भएको जनाएको छ ।

कम्पनीका अनुसार प्रविधि, डिजिटल रूपान्तरण, एआई, मार्केटिङ र नवप्रवर्तनका क्षेत्रमा आफ्नो सेवा र परियोजनालाई थप विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी, सीप विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

"विकास कहिल्यै भौगोलिक सीमामा निर्भर हुँदैन, यो सधैं मानिस, अवसर र अगाडि बढ्ने इच्छाशक्तिमा आधारित हुन्छ," कम्पनीले आफ्नो सन्देशमा उल्लेख गरेको छ ।

प्रिक्साले पोखराबाट प्रविधिमा आधारित नवीन समाधान विकास गर्दै दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले यो विस्तार आफ्नो यात्राको सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा थप अवसर र नवप्रवर्तनका पहलहरू अघि बढाइने जनाएको छ ।

गण्डकी

‘डिजिटल गण्डकी सम्वाद २०२६’ सम्पन्न, डिजिटल नेपालको नयाँ मार्गचित्र सार्वजनिक

पोखरा । नेपालको सूचना प्रविधि आइटी क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्…

छात्रवृत्तिमा कक्षा ११ अध्ययनका लागि पोखरा महानगरद्वारा आवेदन आह्वान

पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमार्फत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेक…

दुर्गम क्षेत्रका बासिन्दालाई राहत : अब नक्साका लागि सदरमुकाम जानु नपर्ने

तनहुँ । तनहुँ जिल्लामा डिजिटल प्रविधिको प्रयोगसँगै जग्गा सम्बन्धी सेवा प्रवाह सहज र आधुनिक बन्दै गएको छ । यसअघ…

स्थानीय तहमा डिजिटल फड्को : गाउँ-नगरमा भुक्तानी प्रणाली आधुनिक बन्दै

काठमाडौं । नेपालमा डिजिटल प्रणलीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आधारित यार्सा टेकले स्थानीय तहमा…

शुक्लागण्डकीको डिजिटल सेवा शंकाको घेरामा: सरकारी सिस्टम कि कपी गरिएको सफ्टवेयर ?

काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई…

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो च…

गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड 

गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…

गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात ‍

नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…

गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना

नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…