पूर्वाधार
विदेशी लगानीको केन्द्र बन्दै सूचना प्रविधि, ७२७ परियोजना अघि बढ्दै
काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताको प्राथमिकता सूचना प्रविधितर्फ बढ्दै गएको देखिएको छ । उद्योग विभागमा परेको लगानी प्रतिबद्धताको विवरणले नेपालमा विदेशी लगानीका लागि सूचना प्रविधि क्षेत्र आकर्षक बन्दै गएको देखाएको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न क्षेत्रमा सञ्चालित तथा प्रस्तावित १ हजार ११६ परियोजनाका लागि ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । कुल परियोजनामध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ परियोजना छन् ।
त्यस अवधिमा पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, सेवामूलक क्षेत्रमा ७१, उत्पादनमूलक क्षेत्रमा ६३ र कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि लगानी प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ ।
परियोजनाको संख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ। डिजिटल सेवा, प्रविधिमा आधारित व्यवसाय तथा सूचना प्रविधिसँग सम्बन्धित परियोजनामा विदेशी लगानीकर्ताको रुचि बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा परियोजनाको संख्या बढेपनि कुल लगानी प्रतिबद्धताको रकम भने केही घटेको देखिन्छ ।
उद्योग विभागले नेपालमा लगानीको वातावरणमा आएको सुधार, लगानी सुरक्षाप्रतिको विश्वास तथा नीतिगत प्रक्रियामा भएको सहजताका कारण विदेशी लगानीकर्ताको चासो बढेको जनाएको छ ।
विशेष गरी सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम पूर्वाधार लागत, दक्ष जनशक्तिको उपलब्धता र विश्वव्यापी रूपमा बढ्दो डिजिटल अर्थतन्त्रसँग जोडिन सकिने सम्भावनाले विदेशी लगानी आकर्षित गर्न योगदान पुर्याएको देखिन्छ ।
विभागका अनुसार सूचना प्रविधिसहित पर्यटन, उत्पादन, सेवा र कृषि क्षेत्रमा आएको विदेशी लगानी प्रतिबद्धताले नेपालको लगानी वातावरणप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो कायम रहेको संकेत गरेको छ ।
पूर्वाधार
२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड
काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिमा व्यापक संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति…
हुलाकको डिजिटल रूपान्तरण : अब राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरमै
काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै सरकारले ‘स्मार्…
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकी…
अब निर्माण व्यवसायीको इजाजतपत्र घरबाटै नवीकरण, आजदेखि अनलाइन प्रणाली अनिवार्य
काठमाडौं । अब निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले निर्मा…
सार्वजनिक ईभी खरिदमा राष्ट्र बैंकको सहुलियत, ८० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थ…
भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक, सेवा र कार्यप्रगति अब एकै ठाउँमा
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रू…
स्टारलिंकको लो-अर्थ-अर्बिट प्रविधिले कसरी नेपालका दुर्गम गाउँसम्म डिजिटल पहुँच पुर्याउन सक्छ ?
काठमाडौं । नेपालको दुर्गम भेगमा बसोबास गर्ने नागरिकहरूले भोग्नुपरेको
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (क्यूआर कोडयुक्त ड्राइभिङ लाइसेन्स) तयार भयो वा भएन भन्ने जानकारी हेर्न न…
यातायातको झन्झट घट्यो : लाइसेन्स छापिएको जानकारी नागरिक एपमै तुरुन्तै थाहा पाइने
चाँगुनारायण नगरपालिकाले लागू गर्यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली
भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ ।
…रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…