Latest news
स्पोटीफाइमा पोडकास्टबाट कमाइको दायरा बढ्दै, ३५ क्षेत्रमा कार्यक्रम विस्तार
काठमाडौं । स्पोटीफाइले पोडकास्ट सिर्जनाकर्तालाई विज्ञापन तथा प्रिमियम सेवाबाट आम्दानी गर्ने अवसर प्रदान गर्ने ‘पार्टनर कार्यक्रम’ थप ३५ क्षेत्रमा विस्तार गर्ने भएको छ ।
कम्पनीका अनुसार आगामी शरद ऋतुमा इटाली, स्पेन, ब्राजिल, मेक्सिको, कोलम्बिया, पोल्यान्ड, चिली, डोमिनिकन रिपब्लिक र बहामासलगायत बजारमा कार्यक्रम लागू गरिनेछ । यससँगै पोडकास्ट सिर्जनाकर्ताले स्पोटीफाइमार्फत आफ्नो सामग्रीबाट आम्दानी गर्ने अवसर पाउने क्षेत्रको संख्या उल्लेख्य रूपमा बढ्नेछ ।
कार्यक्रममा योग्य ठहरिएका पोडकास्टरले अडियोसँगै भिडियो पोडकास्टबाट समेत आम्दानी गर्न सक्नेछन् । प्रिमियम सदस्यले हेरेका भिडियोमा आउने इम्प्रेसनलाई समेत आम्दानी गणनामा समावेश गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, नि:शुल्क सेवा प्रयोग गर्ने व्यक्तिले पोडकास्ट सुन्दा देखाइने विज्ञापनबाट उत्पन्न आम्दानीमा पनि सम्बन्धित पोडकास्टरले हिस्सा पाउनेछन् । स्पोटीफाइका अनुसार सिर्जनाकर्ताले आफ्नो पोडकास्ट अन्य प्लेटफर्ममा समेत वितरण गर्न सक्नेछन् । बाह्य प्रायोजनबाट प्राप्त आम्दानी भने पोडकास्टरले आफैं राख्न पाउने व्यवस्था गरिएको छ ।
टेकक्रञ्चका अनुसार स्पोटीफाइले यसअघि अमेरिका, युरोप र अस्ट्रेलियाका सीमित बजारमा पोडकास्ट पार्टनर कार्यक्रम सञ्चालन गर्दै आएको थियो । थप ३५ क्षेत्रमा विस्तार हुन लागेको यो कार्यक्रम कम्पनीको भौगोलिक रूपमा हालसम्मकै ठूलो विस्तार हो ।
स्पोटीफाइमा भिडियो पोडकास्टको लोकप्रियता पनि पछिल्ला वर्षमा बढेको कम्पनीले जनाएको छ । सन् २०२२ मा भिडियो पोडकास्ट सुविधा सुरु भएयता प्लेटफर्ममा यसको प्रयोग १४० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, जनवरीयता पोडकास्ट कार्यक्रमका लागि कम्पनीले गर्ने कुल मासिक भुक्तानी एक तिहाइले बढेको बताइएको छ । पोडकास्टबाट आम्दानी गर्न चाहने सिर्जनाकर्ताका लागि स्पोटीफाइले यसै वर्षको सुरुवातमा योग्यता मापदण्ड समेत परिमार्जन गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार कम्तीमा तीनवटा एपिसोड प्रकाशित भएका, कुल २ हजार घण्टा सामग्री हेरिएको वा सुनिएको र पछिल्लो ३० दिनमा कम्तीमा १ हजार सक्रिय दर्शक वा श्रोता भएका सिर्जनाकर्ताले कार्यक्रमअन्तर्गत आम्दानीका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार नयाँ मापदण्ड लागू भएपछि कार्यक्रममा सहभागी पोडकास्टको सामाग्री प्रयोग औसतमा ४५ प्रतिशतले बढेको छ ।
Latest news
एआईबाट गीत, अर्कैको नाममा कमाइ : संगीत प्लेटफर्ममा बढ्दो डिजिटल ठगी
काठमाडौं । जेनेरेटिभ एआईको प्रयोगबाट तयार गरिएका नक्कली गीत वास्तविक कलाकारकै नाम र प्रोफाइलमा अपलोड हुने …
घुमफिरलाई थप रोमाञ्चक बनाउँदै ‘पार्टी बस नेपाल’ पुनः सुरु, काराभान क्याम्पर भ्यान थपिने
काठमाडौं । पर्यटकलाई घुमाउँदै बसमै पार्टीको मनोरञ्जन दिने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन: सञ्चा…
डिजिटल अधिकार र मिडिया साक्षरतासम्बन्धी तालिमका लागि आवेदन खुला
काठमाडौं । डिजिटल अधिकार, अनलाइन सुरक्षा र मिडिया साक्षरताका विषयमा रुचि राख्ने कोशी र मधेश प्रदेशका युवाक…
‘नेपाली एआई टुल’ विदेशी बजारमा, भिडियोदेखि विज्ञापन व्यवस्थापनसम्म एकै प्लेटफर्म
काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भ…
'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै &lsq…
आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…
सरकारी कार्यालयमा स्मार्ट चस्मामाथि रोक लगाउने तयारीमा अस्ट्रेलिया
काठमाडौं । क्यामेरासहितका स्मार्ट चस्माबाट सरकारी सूचना तथा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्ने चिन्ताबीच अस्ट्…
ह्वाट्सएपमा थपिँदै नयाँ सुविधा, एउटै आईफोनमा तीनवटा अकाउन्ट चलाउन सकिने
काठमाडौं । एउटै मोबाइलबाट व्यक्तिगत र व्यावसायिक प्रयोजनका फरक–फरक ह्वाट्सएप अकाउन्ट चलाउने प्रयोगकर्ताका…
सिप्रदी यात्रीले सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपच…
साझा यातायातमा अब नगदरहित कारोबार, क्यूआर र बैंक कार्डबाट भाडा भुक्तानी गर्न सकिने
काठमाडौं । साझा यातायातले दैनिक सञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ ।…
एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : राष्ट्रसङ्घका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित, जिम्मेवार र प…
त्रिविको ५२ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले असोज…
नवप्रवर्तन केन्द्र स्थापना गर्न १३ विश्वविद्यालयसँग मन्त्रालयले माग्यो प्रस्ताव
काठमाडौं । सरकारले १३ वटा विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ । विज्ञान, प्रविधि…
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको सीईओका लागि ६ जना सर्टलिस्ट
काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टल…
मुख्यमन्त्रीलाई सोझै गुनासो राख्न सकिने ‘हेलो सिएम’ सेवा सञ्चालन
काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकले आफ्ना समस्या, गुनासो तथा सुझाव सोझै मुख्यमन्त्रीसमक्ष राख्न सक्ने गरी…