कीवर्डहरू -

Latest news

झापा प्रशासनमा ‘फेसलेस’ सेवा, सात प्रकारका काम घरबाटै

झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थितिबिनै सात प्रकारका सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ । डिजिटल माध्यमबाट सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले कार्यालयले आजदेखि ‘फेसलेस’ प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अनुमति, राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी सेवा, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था, राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा लिन सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने छैन ।

कार्यालयका अनुसार सम्बन्धित सेवाका लागि अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनलगायतका माध्यम प्रयोग गर्न सकिनेछ । सेवाग्राहीलाई आवश्यक जानकारी र सेवा प्रवाहमा सहजीकरण गर्न कार्यालयले छुट्टै ‘हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव र मेला सञ्चालनको अनुमति तथा शान्ति सुरक्षासम्बन्धी कामका लागि कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको अनलाइन लिङ्कमार्फत निवेदन दिन सकिनेछ । राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी जानकारी, अनुमति र सुरक्षा व्यवस्थाका लागि पनि सोही प्रणाली प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।

नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड गर्ने, राष्ट्रिय परिचयपत्र तथा राहदानीको अवस्था बुझ्ने सेवाका लागि छुट्टाछुट्टै ह्वाट्सएप माध्यम उपलब्ध गराइएको छ । प्रहरी सर्जमिन तथा चालचलनसम्बन्धी सेवाका लागि भने डेडिकेटेड इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

सेवा माग गर्दा सेवाग्राहीले आफ्नो इमेल वा ह्वाट्सएप नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । निवेदनसँग सम्बन्धित आवश्यक जानकारी, जवाफ तथा थप प्रक्रिया सोही माध्यमबाट सेवाग्राहीलाई उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सामान्य कामका लागि सेवाग्राहीलाई पटक–पटक प्रशासन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको हो ।

“सरकारले सुशासन अभिवृद्धिका लागि डिजिटलमैत्री शासन प्रणालीलाई प्राथमिकता दिएको छ । त्यसैअनुसार सेवाग्राहीलाई सामान्य कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी भर्चुअल माध्यमबाट सेवा र सेवाग्राहीबीच प्रत्यक्ष कनेक्सन गराउने प्रयास गरेका छौँ,” उनले भने ।

‘फेसलेस’ सेवाले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कार्यालयमा हुने अनावश्यक भिडभाडसमेत कम हुने प्रशासनको अपेक्षा छ । सेवाग्राहीले घरबाटै आवश्यक प्रक्रिया पूरा गर्न सक्ने भएपछि सार्वजनिक सेवा प्रवाह थप व्यवस्थित र छरितो हुने पोखरेलले बताए ।

नयाँ प्रणाली सञ्चालनका लागि सम्बन्धित शाखा तथा फाँटका कर्मचारीलाई अभिमुखीकरणसमेत दिइसकिएको कार्यालयले जनाएको छ । सेवा प्रभावकारी बनाउन आवश्यकता पहिचान गर्दै आगामी दिनमा यसको स्तरोन्नति र विस्तार गरिने प्रशासनको भनाइ छ ।

प्रशासन कार्यालयले प्रविधिमा आधारित सेवा विस्तारलाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री प्रशासन निर्माणतर्फको कदमका रूपमा लिएको छ । नयाँ व्यवस्थाले कार्यालयसम्म पुग्नुपर्ने बाध्यता घटाउँदै सार्वजनिक सेवा प्रवाहमा डिजिटल पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Latest news

मधेशको शिक्षा अब एआई र प्रविधिमैत्री बनाउने बहस, विद्यालयदेखि विश्वविद्यालयसम्म सुधारको योजना

बारा । मधेश प्रदेशको शिक्षा क्षेत्रलाई गुणस्तरीय र समय सापेक्ष बनाउन विद्यालय तहको आधारभूत शिक्षा बलियो बनाउँद…

च्याटजीपीटीमा तस्बिर बनाउँदा अब विज्ञापन पनि देखिने

काठमाडौं । च्याटजीपीटीमा अब तस्बिरसँगै विज्ञापन पनि देखिने भएको छ । ओपनएआईले च्याटजीपीटीमा नयाँ प्रकारको वि…

सस्तो इन्टरनेट बन्द गर्दै सेवाप्रदायक, विद्यार्थी र न्यून आय भएका परिवार मारमा

काठमाडौं । नेपालमा सस्तो दरमा इन्टरनेट प्रयोग गर्दै आएका उपभोक्तालाई अब थप आर्थिक भार पर्ने भएको छ । इन्टरनेट …

कार्यालयमा ह्वाट्सएप च्याट अरूले नदेखुन् भन्ने चाहनुहुन्छ ? यसरी गर्न सकिन्छ ब्लर

काठमाडौं । कार्यालयमा काम गर्ने क्रममा कम्प्युटर वा ल्यापटपमा ह्वाट्सएप चलाउनु सामान्य भइसकेको छ । व्यक्तिगत कुरा…

फोन रातभरि चार्जमा राख्दा आगलागीको डर कति ? जान्नुहोस् वास्तविक जोखिम

काठमाडौं । राति अबेरसम्म स्मार्टफोन चलाउने र सुत्ने बेला चार्जमा जोडेर छाड्ने बानी धेरैको छ । फोन रातभरि चार्…

च्याटजीपीटीमा नयाँ ‘स्पेस’ सुविधा, पेज बनाउनदेखि सामाग्री व्यवस्थापन र सहकार्यसम्म

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा ‘स्पेस’ नामक नयाँ सुविधा ल्याएको छ । यसले प्रयोगकर्तालाई च्याट…

ह्वाट्सएपमा आयो ‘रिस्ट्रिक्टेड च्याट’, संवेदनशील कुराकानीमा थप गोपनीयता

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई संवेदनशील कुराकानीमा थप नियन्त्रण दिन ‘रिस्ट्रिक्टेड च्याट’ ना…

मोबाइलबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी सुरक्षा उपाय अनिवार्य अपनाउनुहोस्

काठमाडौं । मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग बढेसँगै अनलाइन कारोबारमा साइबर ठगी र अन्य सुरक्षा जोखिम पनि…

टेक र करियरको खोजीमा विद्यार्थी, एलबीईएफमा सम्पन्न भयो ‘प्रविधि मेला’

काठमाडौं । प्रविधि केवल कक्षाकोठामा पढ्ने विषय होइन, रोजगारी, उद्यमशीलता र सिर्जनशीलताको महत्वपूर्ण आधार पनि …

फोटोन नेपालले पेप्सीकोलामा अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले विद्युतीय (ईभी) कमर्सियल सवारीसाधनका लागि व्यवस्थित र अत्या…

ई-जीपी प्रणालीमा ‘साइबर हमला’ : ठेक्काका कागजात हेरफेर गर्ने ८ जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच बनाई विभिन्न ठेक्काका विवरण हेरफ…

दौडिँदा आईफोनमा स्थिर भिडियो कसरी खिच्ने ? यस्तो छ सजिलो तरिका

काठमाडौं । आईफोनबाट भिडियो खिच्दा हात वा शरीरको चालका कारण भिडियो हल्लिने समस्या देखिन सक्छ । विशेष गरी हि…

निओ स्टोरको दसैं योजना ‘फेस्टिभ फिएस्टा’ सार्वजनिक, ल्यापटपदेखि स्मार्टफोनसम्म आकर्षक उपहार

काठमाडौं । दसैंलाई लक्षित गर्दै निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक ग…

इन्स्टाग्रामको युजरनेम कसरी परिवर्तन गर्ने ?

काठमाडौं । इन्स्टाग्राम फोटो, भिडियो तथा विभिन्न सामाग्री साझा गर्न प्रयोग गरिने लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्…

साइबर आक्रमणबाट जोगिन अपनाउनुहोस् यी १० उपाय

काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षाको जोखिम पनि बढिरहेको छ । मोबाइल, कम्प्युटर, साम…