कीवर्डहरू -

काठमाडौंमा राहदानी आवेदनको अनलाइन स्लट खुल्ने समय परिवर्तन

काठमाडौंमा राहदानी आवेदनको अनलाइन स्लट खुल्ने समय परिवर्तन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानी आवेदनका लागि अनलाइन अपोइन्टमेन्ट स्लट खुल्ने समय परिवर्तन गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार यसअघि दिउँसो ३:३० बजे खुल्दै आएको अनलाइन स्लट अब दिउँसो ३ बजे नै खुला गरिनेछ ।

नयाँ व्यवस्था आगामी २०८३ मंसिर १ गतेदेखि लागू हुनेछ । सो मितिदेखि राहदानीका लागि आवेदन दिन चाहने सेवाग्राहीले दैनिक दिउँसो ३ बजे अनलाइनमार्फत स्लट बुक गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।