डिजिटल पेमेन्ट
'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भएपनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो ।
यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा रहेका आफन्तको इसेवा खातामा रेमिट्यान्स पठाउन सक्ने सुविधा रहेको छ ।
इसेवामा प्राप्त उक्त रकमबाट नेपालमा रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ ।
विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको छ । भौगोलिक दुरीमा टाढा भएपनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउन यस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ ।
विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्याई त्यसबाट परिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमा गर्न मद्दत गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ ।
इसेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्यान्स रकमलाई सोझै औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने इसेवाको विश्वास छ ।
साथै, यसले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुर्याउनुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास लिइएको छ । इसेवाले विगत लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र पहुँचयोग्य बनाउँदै आएको छ ।
डिजिटल पेमेन्ट
इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’को मान्यता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई …
फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे, पहुँच थप विस्तार गर्ने लक्ष्य
काठमाडौं । फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सञ्चालनमा आएको दुई वर्षमै ५० हजार नाघेका छन् । फोनपेले आफ्नो भर्चु…
सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती आबद्ध, डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर
काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चा…
नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम
काठमाडौं । नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस) ले २०८३ साल असार महिनामा…
खल्तीबाट घरमै बसेर ब्लुबुक नवीकरण सेवा पुन: सुरु, शुल्क पनि घट्यो
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले केही महिनाअघि स्थगित गरेको ‘ब्लुबुक नवीकरण’ सेव…
खल्तीको अफर : डिम्याट र मेरोशेयर नवीकरणमा शतप्रतिशत क्यासब्याक
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१…
वर्ल्डलिंकको दाबी : एफटिटिएच ग्राहक ११ लाख नाघ्यो, बजारमा ३५ प्रतिशत हिस्सा
काठमाडौं । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना एफटिटिएच (फाइबर टु द होम…
राष्ट्र बैंकको नयाँ नियम : ई-वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले ई-वालेट प्रयोगकर्ताको विवरण थप व्यवस्थित बनाउन भुक्तानी सेवा प्रदायक (पीएसपी) …
साउदीबाट आइएमई गरेर पैसा पठाउँदा अभिषेकले जिते बीवाईडी अटो १ ईभी कार
काठमाडौं । साउदी अरेबियाबाट डिजिटल वालेट टिग्मोमार्फत आइएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्ट…
अब डिजिटल कारोबार गर्दा कति शुल्क लाग्छ ? क्लियरिङ हाउसले तोक्यो नयाँ दर
काठमाडौं । डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना विभिन्न भुक्त…
एक मिनेटमै तयार हुने खल्ती डिजिटल भिसा कार्ड सार्वजनिक, ३ महिनासम्म नि:शुल्क सेवा पाइने
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड-एससिटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वज…
अनलाइन किनमेलमा नयाँ सुविधा, फोनपेले सार्वजनिक गर्यो ‘चेक आउट बाई फोनपे’
काठमाडौं । फोनपेले 'चेक आउट बाई फोनपे' नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबा…
एनसीएचएललाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत मेरिट अवार्ड
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्त…
नगदबाट डिजिटलतर्फ नेपाल : पाँच वर्षमा क्यूआर कारोबारमा हजारौं गुणाको छलाङ
काठमाडौं । नेपालमा वित्तीय प्रविधि (फिनटेक) को विस्तारले कारोबार गर्ने शैलीमा ठूलो परिवर्तन ल्याएको छ । केही…
आइएमएस ग्राहकहरूका लागि इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक
काठमाडौं । इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइ…