डिजिटल पेमेन्ट
फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने
फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ ।
यो इन्टिग्रेशनसँगै कर्मचारी सञ्चय कोषको इआरपी प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडिएको छ । यसले गर्दा कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो हुने बताइएको छ ।
यस व्यवस्थाले फोनपेको इन्टरअपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सहयोग पुग्ने छ ।
अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट-टु-होस्ट (H2H) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूले सहजै सुविधा पाउने बताए ।
यस्तै कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने विश्वास व्यक्त गरेका छन् ।
डिजिटल पेमेन्ट
एनआईसी एशिया बैंकले सुरू गर्यो मास्टरकार्ड जारी सेवा
एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड जारी सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा …
डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने
आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।
नेपालमा कार्यरत भारतीयले अब क्युआरबाटै भारतको व्यक्तिगत बैंक खातामा पैसा पठाउन सक्ने
नेपालमा कार्यरत भारतीयले अब नेपाली बैंक खाताबाट भारतमा खोलिएको आफ्नो व्यक्तिगत खातामा प्रतिमहिना १ लाख भारू जम्मा गर्न सक्ने भए…
४ महिनामै फोनपेले गर्यो युपीआईबाट २५ करोड बढी कारोबार
फोनपेले भारतसँग क्रस बोर्डर भुक्तानी सुरू भएको ४ महिनामै २५ करोड बढीको कारोबार गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएको युप…
बढ्दै डिजिटल भुक्तानीको प्रयोग, वैशाखमा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार
वैशाख महिनामा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार क्युआर क…
खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने
नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ।…
नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन
नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व&nda…
इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ…
फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने
फोनपेले भ्वाइस नोटिफिकेशन सेवा सुरू गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा …
मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त
मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल केसी नियुक्त भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली…
इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध
खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स…
व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने
व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरि…
मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर
मोरू डिजिटल वालेटले फोनपे क्युआरमा आधारित रिपिट क्युआर भुक्तानी सुविधा उपलब्ध भएको छ ।
कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर
कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर
नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण …