डिजिटल पेमेन्ट
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटूपी रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘‘nBank’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।
त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरुलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो ।
“यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म पठाउन सक्नेछन् ।
त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन । यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
डिजिटल पेमेन्ट
सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो
नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको …
एससीटी र सिटी टेकबीच साझेदारी, एउटै पीओएसबाट बहु–कार्ड र स्मार्ट क्यूआर भुक्तानी सुविधा
नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. ल…
१७ औँ वर्षमा प्रवेश गर्यो इसेवा, दृष्टिविहीनहरूका लागि आयो टकब्याक सुविधा
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन…
माघ १ गतेदेखि सबै बिमा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन …
एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर ब…
एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना
नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।
फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी
फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थाप…
लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्…
दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…
मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…
फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट
फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…
इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…
डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह
व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …
खल्तीले सुरू गर्यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने
डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…