योजना
नेपालमा रोबोटिक्स प्रविधि विकास कोष स्थापना, विपद् व्यवस्थापनदेखि पर्यटनसम्म प्रविधि विकास गरिने
काठमाडौं । नेपालले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा अन्य प्राकृतिक विपद् व्यवस्थापनसँगै कठिन भौगोलिक अवस्थाका चुनौती समाधान गर्न आफ्नै रोबोटिक्स प्रविधि विकास गर्ने भएको छ । यसका लागि रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) ले Robotics Technology Development Fund (RTDF) स्थापना गरेको घोषणा गरेको छ ।
RAN का अनुसार कोषमार्फत विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका प्रभावसँग जुध्न, पर्यटन प्रवर्द्धन तथा नेपालको भौगोलिक अवस्थाअनुकूल अत्याधुनिक रोबोटिक्स प्रविधिको अनुसन्धान, विकास र प्रयोगलाई अघि बढाइनेछ ।
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले तत्काल उद्धार तथा राहतसँगै विपद्पूर्व तयारी, विपद्का समयमा प्रभावकारी प्रतिक्रिया र विपद्पश्चात् मूल्याङ्कनका लागि स्वदेशमै प्रविधि विकास आवश्यक रहेको RAN ले जनाएको छ ।
RTDF अन्तर्गत खोज तथा उद्धारका लागि रोबोट र स्वायत्त प्रणाली, ड्रोनमार्फत विपद् नक्साङ्कन तथा मूल्याङ्कन, कठिन भूभागमा ढुवानीका लागि All-Terrain Robots, हिमाली तथा ग्रामीण क्षेत्रका लागि रोबोटिक्स, जलवायु उत्थानशील स्वायत्त प्रणाली तथा पूर्वाधार र वातावरणीय अनुगमन प्रविधि विकासलाई प्राथमिकता दिइनेछ ।
त्यस्तै, Artificial Intelligence, sensing तथा autonomous technologies लगायत नेपालको विशिष्ट आवश्यकता र चुनौती समाधान गर्ने स्थानीय प्रविधिको अनुसन्धानमा समेत लगानी गरिने RAN ले जनाएको छ ।
युवालाई प्रविधि विकासको केन्द्रमा राखिने
RTDF ले नेपालका Robotics Clubs, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता, इन्जिनियर, Makerspace तथा Startups लाई जोडेर युवा आविष्कारकलाई प्रविधि विकासमा सहभागी गराउने लक्ष्य लिएको छ ।
नेपालले प्रविधि आयात गर्ने मात्र नभई आफ्नै समस्याका लागि अनुसन्धान, डिजाइन, प्रोटोटाइप निर्माण, परीक्षण र प्रयोग गर्न सक्ने जनशक्ति विकास गर्नुपर्ने RAN को भनाइ छ ।
यस अभियानमार्फत नेपाललाई प्रविधिको उपभोक्ताबाट स्थानीय आवश्यकता अनुरूप रोबोटिक्स समाधान विकास गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन सक्ने मुलुकका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।
तीन चरणमा कोष विस्तार गर्ने लक्ष्य
RAN ले RTDF मार्फत रोबोटिक्स प्रविधि विकासको दिगो आधार निर्माण गर्न तीन चरणमा कोष संकलन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
पहिलो चरणमा १.५ करोड रुपैयाँ (अमेरिकी डलर १ लाख) संकलन गरी अनुसन्धान, युवा नवप्रवर्तन, Robotics Clubs को क्षमता विकास तथा विपद्सम्बन्धी प्राथमिक प्रविधिका प्रोटोटाइप निर्माणमा खर्च गरिनेछ ।
दोस्रो चरणमा १५ करोड रुपैयाँ (अमेरिकी डलर १० लाख) जुटाउने लक्ष्य राखिएको छ । यस चरणमा अनुसन्धान तथा विकास विस्तार, उन्नत प्रोटोटाइप निर्माण, परीक्षण तथा प्रयोगयोग्य रोबोटिक्स प्रविधिको विकास र परिचालन गरिनेछ ।
दीर्घकालीन रूपमा भने १.५ अर्ब रुपैयाँ (अमेरिकी डलर १ करोड) संकलन गरी अनुसन्धान, विकास, उत्पादन, प्रयोग तथा अन्तर्राष्ट्रिय सहकार्य गर्न सक्ने राष्ट्रियस्तरको Robotics Technology Ecosystem निर्माण गर्ने लक्ष्य RAN ले लिएको छ ।
कोषमा विश्वभर रहेका व्यक्ति, कम्पनी, Corporate CSR, Foundation, NGO, INGO, Development Partners, Research Institutions तथा Technology Companies लाई सहभागी हुन RAN ले आह्वान गरेको छ ।
व्यक्तिगत सहयोग, Corporate CSR तथा NGO/INGO Grant Partnership मार्फत योगदान गर्न सकिने जनाइएको छ । विदेशी सहयोग तथा अनुदान नेपालको प्रचलित कानून तथा Social Welfare Council (SWC) का लागू प्रक्रिया र आवश्यकताअनुसार व्यवस्थापन गरिने RAN ले जनाएको छ ।
RTDF अन्तर्गत प्राप्त रकमको छुट्टै लेखा व्यवस्थापन गरिने तथा कोषमा प्राप्त रकम र त्यसको उपयोगसम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गरिने बताइएको छ ।
Robotics Association of Nepal (RAN) ले सन् २०४५ सम्म नेपालमा रोबोटिक्स उद्योग निर्माण गर्ने लक्ष्यसहित यो अभियान अघि बढाएको जनाएको छ ।
योजना
डिजिओको नयाँ धमाका : 'सिजन पास' र 'मोबाइल पास'मा आकर्षक उपहार योजना
काठमाडौं । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्स…
इनड्राइभ र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक
काठमाडौं । इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) बीच साझेदारी भएको छ । नेपालमा व…
सुपर एप रणनीतिमा पठाओको नयाँ कदम, एपभित्रै सुरु भयो ‘ब्युटी मेला’
काठमाडौं । पठाओ नेपालले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत …
इनड्राइभको पाँच वर्ष पूरा, ‘ड्राइभर ३६०’ र ‘होमकमिङ मिटर’ क्याम्पेन सार्वजनिक
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो पाँच वर्षे सफल सञ्चालन पूरा गरे…
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्राथमिकता : अनुसन्धान, स्टार्टअप र स्वदेशमै अवसर सिर्जना
काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र …
प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३ : नीतिगत स्पष्टता, बजेट वृद्धि र सहकार्यमा जोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै आयोजित “Pre–Budget ICT Discourse …
इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन
काठमाडौं । डेलिभरी प्लेटफर्म इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन …
साइबर सुरक्षा फ्रेमवर्क बनाइने, डेटा आदान प्रदान सहज बनाउन खुला मापदण्ड प्रयोग गरिने
सरकारले राष्ट्रिय साइबर सुरक्षा फ्रेमवर्क बनाउने भएको छ । राष्ट्रिय साइबर सुरक्षा नीत…
सरकारले विद्युतीय सवारी खरिद गर्ने, पेट्रोलबाट विद्युतीय बनाउने प्रविधिलाई सहुलियत दिने
सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने भएको छ ।
स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने
स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…