कीवर्डहरू -

प्रदेशमा प्रविधि

झापा प्रशासनमा ‘फेसलेस’ सेवा, सात प्रकारका काम घरबाटै

झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थितिबिनै सात प्रकारका सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ । डिजिटल माध्यमबाट सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले कार्यालयले आजदेखि ‘फेसलेस’ प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अनुमति, राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी सेवा, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था, राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा लिन सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने छैन ।

कार्यालयका अनुसार सम्बन्धित सेवाका लागि अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनलगायतका माध्यम प्रयोग गर्न सकिनेछ । सेवाग्राहीलाई आवश्यक जानकारी र सेवा प्रवाहमा सहजीकरण गर्न कार्यालयले छुट्टै ‘हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव र मेला सञ्चालनको अनुमति तथा शान्ति सुरक्षासम्बन्धी कामका लागि कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको अनलाइन लिङ्कमार्फत निवेदन दिन सकिनेछ । राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी जानकारी, अनुमति र सुरक्षा व्यवस्थाका लागि पनि सोही प्रणाली प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।

नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड गर्ने, राष्ट्रिय परिचयपत्र तथा राहदानीको अवस्था बुझ्ने सेवाका लागि छुट्टाछुट्टै ह्वाट्सएप माध्यम उपलब्ध गराइएको छ । प्रहरी सर्जमिन तथा चालचलनसम्बन्धी सेवाका लागि भने डेडिकेटेड इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

सेवा माग गर्दा सेवाग्राहीले आफ्नो इमेल वा ह्वाट्सएप नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । निवेदनसँग सम्बन्धित आवश्यक जानकारी, जवाफ तथा थप प्रक्रिया सोही माध्यमबाट सेवाग्राहीलाई उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सामान्य कामका लागि सेवाग्राहीलाई पटक–पटक प्रशासन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको हो ।

“सरकारले सुशासन अभिवृद्धिका लागि डिजिटलमैत्री शासन प्रणालीलाई प्राथमिकता दिएको छ । त्यसैअनुसार सेवाग्राहीलाई सामान्य कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी भर्चुअल माध्यमबाट सेवा र सेवाग्राहीबीच प्रत्यक्ष कनेक्सन गराउने प्रयास गरेका छौँ,” उनले भने ।

‘फेसलेस’ सेवाले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कार्यालयमा हुने अनावश्यक भिडभाडसमेत कम हुने प्रशासनको अपेक्षा छ । सेवाग्राहीले घरबाटै आवश्यक प्रक्रिया पूरा गर्न सक्ने भएपछि सार्वजनिक सेवा प्रवाह थप व्यवस्थित र छरितो हुने पोखरेलले बताए ।

नयाँ प्रणाली सञ्चालनका लागि सम्बन्धित शाखा तथा फाँटका कर्मचारीलाई अभिमुखीकरणसमेत दिइसकिएको कार्यालयले जनाएको छ । सेवा प्रभावकारी बनाउन आवश्यकता पहिचान गर्दै आगामी दिनमा यसको स्तरोन्नति र विस्तार गरिने प्रशासनको भनाइ छ ।

प्रशासन कार्यालयले प्रविधिमा आधारित सेवा विस्तारलाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री प्रशासन निर्माणतर्फको कदमका रूपमा लिएको छ । नयाँ व्यवस्थाले कार्यालयसम्म पुग्नुपर्ने बाध्यता घटाउँदै सार्वजनिक सेवा प्रवाहमा डिजिटल पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशमा प्रविधि

सीप तथा रोजगार मेलामा २२० जनाले लिए तालिम, ६६ जना रोजगारीका लागि छनोट

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको ‘सीप तथा रोजगार मेला २०८३’ मा हालसम्…

नरैनापुरका माध्यमिक विद्यालयमा डिजिटल निगरानी, शिक्षकको हाजिरीदेखि शैक्षिक व्यवस्थापनसम्म अनलाइन

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र नियमित अनुगमनलाई प्रविधिसँग जो…

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको डिजिटल प्रोफाइल बनाउँदै झापा प्रशासन

झापा । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्…

बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी

बुटवल । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजन…

सुदूरपश्चिमबाट ‘एआई फर नेपाल’ अभियान सुरु, धनगढीमा ४ सय विद्यार्थीलाई प्रशिक्षण

धनगढी । विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले ‘एआई …

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब

रौतहट । टिकटकमा फर्निचर बिक्रीको विज्ञापन राखेर सर्वसाधारणलाई सम्पर्क गर्ने र मोबाइलको स्क्रिन सेयर गराई बैंकिङ…

भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

काठमाडौं । नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम वि…

फोटोग्राफी, भिडियोग्राफी र एआई सिक्ने अवसर, नि:शुल्क तालिमका लागि आवेदन खुला

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय युवालाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले फोटोग्राफ…

मुख्यमन्त्रीलाई सोझै गुनासो राख्न सकिने ‘हेलो सिएम’ सेवा सञ्चालन

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकले आफ्ना समस्या, गुनासो तथा सुझाव सोझै मुख्यमन्त्रीसमक्ष राख्न सक्ने गरी…

काठमाडौं महानगरको डिजिटल नक्सामा २ लाख १० हजारभन्दा बढी भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्म २ लाख १० हजार ९७६ भवन र १ हजार ३४० किलोमिटर सडकको डिजिटल नक्स…

पर्सा घुम्न जाने पर्यटकलाई प्रहरीको डिजिटल सुविधा, गन्तव्यदेखि होटलसम्मको जानकारी पाइने

पर्सा । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सहजीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साल…

भरतपुर धाउनुपर्ने बाध्यता हट्यो, कालिकाबाटै स्मार्ट लाइसेन्स वितरण सुरु

चितवन । सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड लिन भरतपुर पुग्नुपर्ने कालिका नगरवासीको बाध्यता हटेको छ । कालिक…

देउमाईको ‘डिजिटल रिपोर्ट कार्ड’ : बजेटदेखि अस्पताल, सडक र अनलाइन सेवासम्म

इलाम । सीमित जनशक्तिका बीच इलामको देउमाई नगरपालिकाले पूर्वाधार, डिजिटल सेवा, शिक्षा, स्वास्थ्य र प्रशासनिक सु…

वालिङको पालिकास्तरीय हुलाक बन्यो ‘स्मार्ट हुलाक’

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा रूपान्तरण गर…

एक सातादेखि टावर बन्द, अदानचुलीका स्थानीय सञ्चार सेवाबाट वञ्चित

हुम्ला । अदानचुली गाउँपालिका ५ लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा प्रभावित हुँदा स्थानीयले समस्या झेल्नुपरेको…