कीवर्डहरू -

सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ । सरकारी सर्भर तथा प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण स्वास्थ्य बीमा सेवा प्रभावित भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार, नेपाल सरकारका प्रणाली तथा वेबसाइटहरूमा साइबर सुरक्षा अपडेट गर्ने क्रममा उत्पन्न भएको प्राविधिक अवरोधले स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत असर पारेपछि सेवा बन्द गर्नुपरेको हो ।

प्रतिष्ठानका सहनिर्देशक डा. निरोज खनालद्वारा जारी सूचनामा सरकारी सर्भर तथा प्रणालीमा देखिएको समस्याका कारण स्वास्थ्य बीमासम्बन्धी सेवा सञ्चालन गर्न नसकिएको उल्लेख गरिएको छ ।

प्राविधिक समस्या समाधान भई सरकारी सर्भर तथा प्रणाली पुन: सुचारु भएपछि स्वास्थ्य बीमा सेवा पनि पुनः सञ्चालनमा ल्याइने प्रतिष्ठानले जनाएको छ । सेवा बन्द हुँदा स्वास्थ्य बीमामार्फत उपचार लिन आउने सेवाग्राही प्रभावित भएका छन् । सेवा पुन: कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे भने प्रतिष्ठानले निश्चित समय तोकेको छैन ।

null