कीवर्डहरू -

लगानी

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत दर्ता, अनुमति तथा आवश्यक सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याइने व्यवस्था गरिएको छ ।

कार्ययोजनाले व्यवसाय दर्ताको झन्झट कम गर्दै अनलाइन प्रणाली, अटो-फिल तथा अटो-रिट्रिभल प्रविधिको प्रयोग, समर्पित हेल्प डेस्क तथा एआईमा आधारित जानकारी प्रणालीमार्फत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, स्टार्टअप उद्यमीलाई व्यवसाय विकास, मेन्टरिङ, परामर्श, नेटवर्किङ र सहजीकरण सेवासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस योजनाले नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउने सरकारको योजना रहेको छ ।

लगानी

बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी

नेपालको आफ्नै म्याप्स बाटो

६०० स्टार्टअपहरूलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा प्रवाह

सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०…

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक ने…

नेपाली मूलका दुई उद्यमीले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले पायो ४ अर्ब बढी लगानी

नेपाली मूलका उद्यमी नामी बराल र  नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ …

लगानी सम्मेलनः डेटा सेन्टर, ल्यापटप, मोबाइल एसेम्बली प्लान्टदेखि आईटी पार्कसम्म शोकेस हुँदै

सरकारले वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ५ वटा परियोजना शोकेस गर्ने भएक…

सूचना प्रविधि क्षेत्रमा विना हिच्किचाहट लगानी गर्न मन्त्री शर्माको आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले यस क्षेत्रमा लगानी भित्र्याउन …