कीवर्डहरू -

नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । 
उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।