स्क्याम
कनेक्ट आईपीएस ठगीको जालमा नफस्नुहोस्, यी लिंक र मेसेजबाट रहनू सावधान
काठमाडौं । कनेक्ट आईपीएस प्रयोगकर्तालाई लक्षित गरेर साइबर अपराधीहरूले ठगीको नयाँ प्रयास गरिरहेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले खाता रोक्का भएको वा असामान्य गतिविधि देखिएको भन्दै आउने शंकास्पद सन्देश र लिङ्कबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
ब्युरोका अनुसार ठगीमा संलग्नहरूले प्रयोगकर्तालाई हतारमा निर्णय लिन बाध्य पार्ने उद्देश्यले मोबाइलमा विभिन्न प्रकारका एसएमएस पठाउने गरेका छन् । ‘खातामा असामान्य गतिविधि देखिएको’, ‘खाता अस्थायी रूपमा रोक्का गरिएको’ वा ‘खाता पुन: सञ्चालनका लागि प्रमाणीकरण आवश्यक रहेको’ जस्ता दाबी गरेर पठाइने सन्देश यसका उदाहरण हुन् ।
यस्ता सन्देशमा कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटजस्तै देखिने नक्कली लिङ्क राखिएको हुने ब्युरोले जनाएको छ । login-connectips वा verify-connectips जस्ता नाम प्रयोग गरिएका ती लिङ्कमा क्लिक गराउँदा प्रयोगकर्तालाई नक्कली पेजमा पुर्याएर गोप्य विवरण माग्ने गरिएको पाइएको छ ।
त्यस्ता पेजमा प्रयोगकर्ताको युजरनेम, पासवर्ड तथा ओटीपी कोडजस्ता संवेदनशील विवरण प्रविष्ट गर्न लगाएर प्राप्त जानकारीको दुरुपयोग गर्ने र बैंक खातामा रहेको रकम चोरी गर्ने प्रयास हुन सक्ने ब्युरोको चेतावनी छ ।
शंकास्पद एसएमएस आए के गर्ने ?
साइबर ब्युरोले अपरिचित नम्बर वा अविश्वसनीय स्रोतबाट आएका सन्देशलाई बेवास्ता गर्न आग्रह गरेको छ । विशेष गरी खाता बन्द हुने, रोक्का हुने वा तत्काल प्रमाणीकरण गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्ने मेसेजमा आएका लिङ्क नखोल्न ब्युरोले सचेत गराएको छ ।
प्रयोगकर्ताले शंकास्पद वेबसाइटमा गएर कुनै फाराम भर्नुका साथै युजरनेम, पासवर्ड, ओटीपी वा अन्य व्यक्तिगत तथा बैंकिङ विवरण उपलब्ध नगराउनुपर्ने ब्युरोको भनाइ छ । कुनै सन्देश वास्तविक हो कि होइन भन्नेमा अन्योल भएमा मेसेजमा दिइएको लिङ्क वा सम्पर्क नम्बर प्रयोग नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्पर्क गर्न ब्युरोले सुझाव दिएको छ ।
कनेक्ट आईपीएस खातासम्बन्धी समस्या वा शंका भएमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट समेत आधिकारिक जानकारी लिन सकिने ब्युरोले जनाएको छ । साथै, बैंक तथा डिजिटल वालेटका सेवा र सूचनाबारे जानकारी लिँदा सम्बन्धित संस्थाका आधिकारिक वेबसाइट, एप वा सामाजिक सञ्जाल पेजजस्ता विश्वसनीय माध्यम मात्र प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
ब्युरोले डिजिटल कारोबार बढेसँगै प्रयोगकर्तालाई भ्रममा पारेर गोप्य विवरण हात पार्ने प्रयास समेत बढ्न सक्ने भएकाले कुनै पनि सन्देशको विश्वसनीयता जाँच नगरी लिंक खोल्ने वा विवरण भर्ने काम नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
स्क्याम
वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स, जसले तपाईंलाई ठगीबाट जोगाउन सक्छन्
काठमाडौं । स्क्यामरहरू लगातार नयाँ-नयाँ तरिकाले मानिसहरूलाई स्क्याम गरिरहेका छन् । ओटीपीदेखि लिएर वास्त…
अनलाइन स्क्यामबाट बच्न बसाल्नुहोस् यी पाँच बानी
काठमाडौं । स्क्यामको डर आजकाल धेरैको मनमा छ । अनलाइन भुक्तानी गर्दा वा कुनै लिङ्कमा क्लिक गर्दा बैंक खात…
ईमेलमार्फत क्यूआर कोड फिसिङ स्क्याम तीव्र, माइक्रोसफ्टले जारी गर्यो चेतावनी
काठमाडौं । माइक्रोसफ्टका साइबर सुरक्षा विशेषज्ञहरूले हालै तीव्र गतिमा फैलिँदै गएको एक नयाँ स्क्यामबारे च…
ह्याक भएको व्हाट्सएप अकाउन्ट कसरी रिकभर गर्ने ?
काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरह…
नक्कली आईटी जागिरको आडमा उत्तर कोरियाली ह्याकरहरूको ३.२५ करोडको ठगी, लीडरबोर्डमै राख्थे कमाइको स्कोर
उत्तर कोरियासँग जोडिएको एक ह्याकर समूहले नक्कली पहिचान र फर्जी आईटी जागिरको आडमा क्रिप्टो प्रोजेक्टहरूबाट करोडौँ डलर लुटेको खुल…
आकर्षक कमिसन दिने भन्दै ७० हजार बढी नेपालीबाट १२ करोड ठगी, ११ जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप्लिकेशनको प्रयोग गरी अनलाइन स्क्यामिङ गर्ने गिरोहका ११ जना व्यक्तिलाई पक्राउ गरेको छ। ब्यूर…
एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले फिशिङ लिंक पठाइ ईसेवाको रकम चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा …
साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु
नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर ब्यूरोबाट पठाइएको भनिएको झुटा इमेलमा कुनै पनि रिप्लाई नगर्न अनुरोध गरेको छ ।
…ईसेवाको कर्मचारी भन्दै १५ लाख ठगी, ५ जना पक्राउ
काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभिय…
बेलायती नागरिक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने एक जना पक्र…
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट ठगी गर्ने भारतीय नागरिक पक्राउ
सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इमोबाट पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्…
फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने युवक पक्राउ
महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राख…