कीवर्डहरू -

एप्लिकेसन

भाडाको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा, घरधनी भाडावालालाई डिजिटल सुविधा

काठमाडौं । एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हुने बताइएको छ ।

साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा प्रपर्टी व्यवस्थापन कम्पनीसम्मलाई लक्षित गरी तयार गरिएको ‘भाडासेवा’ले एउटै प्लेटफर्मबाट सम्पूर्ण व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्छ ।

‘भाडासेवा’को प्रपर्टी एण्ड युनिट म्यानेजमेन्ट सुविधाले भवन, ब्लक, तला तथा प्रत्येक कोठा वा सटरको डिजिटल अभिलेख राख्छ । कुन युनिट खाली छ, कुन भाडामा छ, सम्झौता कहिले सकिन्छ, कति आम्दानी भइरहेको छ भन्ने सम्पूर्ण जानकारी रियल–टाइममै हेर्न सकिन्छ ।

भाडावालाको सम्पूर्ण विवरण सुरक्षित

भाडावाल व्यवस्थापन (टेनान्ट म्यानेजमेन्ट) प्रणालीमार्फत प्रत्येक भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौता अवधि र सम्पूर्ण इतिहास सुरक्षित राख्न सकिन्छ । यसले व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउँछ ।

डिजिटल सम्झौता र सुरक्षित अभिलेख

अब कागजी सम्झौता बोकेर हिँड्नुपर्ने आवश्यकता पर्दैन । डिजिटल सम्झौता सुविधाले भाडा सम्झौता तयार गर्ने, पठाउने, डिजिटल हस्ताक्षर गर्ने तथा सुरक्षित रूपमा अभिलेख राख्ने सुविधा प्रदान गर्छ ।

रेन्ट इन्भोइस र भुक्तानी प्रणालीले मासिक भाडाको बिल स्वतः तयार गर्छ, डिजिटल भुक्तानीको सुविधा दिन्छ, भुक्तानी ट्र्याक गर्छ र रसिदसमेत स्वचालित रूपमा उपलब्ध गराउँछ ।

युटिलिटी बिलिङ सुविधाले बिजुली, पानी लगायतका युटिलिटी मिटरको रिडिङ राख्ने, बिल गणना गर्ने तथा भाडासँगै एकीकृत रूपमा बिलिङ गर्ने सुविधा उपलब्ध गराउँछ ।

अपार्टमेन्ट तथा व्यवसायिक भवनका साझा क्षेत्रको खर्च व्यवस्थापनका लागि सिएएम चार्जेज प्रणालीले साझा मर्मत तथा सञ्चालन खर्चको स्वचालित हिसाब र बिलिङ गर्छ ।

भवनमा देखिएका समस्या, मर्मतको अनुरोध, जिम्मेवारी तोक्ने, कामको प्रगति हेर्ने तथा सम्पन्न भएको विवरण राख्ने सुविधा मेन्टिनेन्स् म्यउानेजमेन्टमा उपलब्ध हुनेछ ।

रिपोर्ट र एनालाइसिसले आम्दानी, खर्च, भाडा संकलन, युनिटको अवस्था, आर्थिक विश्लेषण तथा व्यवसाय सञ्चालनसम्बन्धी विस्तृत रिपोर्ट तयार गर्छ । यसले तथ्यमा आधारित निर्णय लिन सहज बनाउँछ ।

स्टाफ एण्ड रोल्स् सुविधाले कर्मचारीलाई फरक–फरक जिम्मेवारी र पहुँच प्रदान गर्ने भएकाले सुरक्षा तथा व्यवस्थापन दुवै प्रभावकारी बन्छ ।

भाडा तिर्ने मिति, सम्झौता नवीकरण, बिल जारी, मर्मतसम्भार वा अन्य आवश्यक सूचनाहरू पुस नोटिपिकेसन, एसएमएस, इमेल तथा इन एप नोटिफिकेशन मार्फत सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको छ ।

‘भाडासेवा’ कम्प्युटर, ट्याबलेट र मोबाइलमा समान रूपमा सञ्चालन गर्न सकिने भएकाले जहाँबाट पनि सम्पूर्ण व्यवस्थापन गर्न सकिन्छ ।

प्रणालीमा राखिएका सम्पूर्ण विवरण सुरक्षित रूपमा इन्क्रिप्ट हुने तथा नियमित ब्याकअप हुने भएकाले डेटा हराउने जोखिम न्यून हुन्छ ।

भाडासेवाका प्रमुख विशेषतामा भाडा व्यवस्थापन,सटर तथा युनिट व्यवस्थापन, डिजिटल सम्झौता, डिजिटल तथा अनलाइन भुक्तानी, ब्याकअप तथा सुरक्षित डेटा, सूचना तथा सञ्चार सुविधा, कर्मचारी व्यवस्थापन, सहज अनुगमन तथा रिपोर्टिङ, मर्मतसम्भार व्यवस्थापन, कार्यक्रम तथा इभेन्ट बुकिङ जस्ता प्रमुख सुविधा रहेका छन् ।

‘भाडासेवा’ विशेष गरी सपिङ मल तथा रिटेल स्पेस व्यवस्थापन, आवासीय अपार्टमेन्टको भाडा तथा युनिट व्यवस्थापन, पसल, मार्केट तथा व्यवसायिक स्पेस व्यवस्थापन, तरकारी, किराना तथा दैनिक उपभोग्य वस्तुको बजार (मण्डी) व्यवस्थापन जस्ता क्षेत्रका लागि उपयोगी हुन्छ ।

एजिनेक्स क्लाउडका अनुसार ‘भाडासेवा’ केवल एउटा सफ्टवेयर मात्र होइन, नेपालमा घरभाडा तथा व्यवसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने अभियान हो । समय, लागत र श्रम बचत गर्दै सम्पूर्ण व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विकसित गरिएको यो प्रणालीले नेपालमा प्रपर्टी म्यानेजमेन्टको अभ्यासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै एजिनेक्स क्लाउड ले नेपाली बजारमा आधुनिक, भरपर्दो र प्रयोगमैत्री समाधानका रूपमा ‘भाडासेवा’ उपलब्ध गराएको जनाएको छ ।

एप्लिकेसन

व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर

काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…

इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन

काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गर…

ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने

काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने …

‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने

काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरे…

ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म &l…

नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो

काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रम…

स्पोटिफाइले ल्यायो एआई पोडकास्ट फिचर, अब आफ्नै आवाजमा व्यक्तिगत सामाग्री बनाउन सकिने

काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने न…

धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा

काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…

च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…

युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने

काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…

WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?

काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…

युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने

काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …

इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विक…

नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीलाई जोड्ने ‘नेप्लिफाई’ एप सार्वजनिक, उद्यमीका लागि सेवा निःशुल्क

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल सञ्जालमा जोड्ने उद्देश्यसहित ‘नेप्लिफाई’ (Neplify) ले नयाँ वर्ष २…

इन्स्टाग्राम रील्स एल्गोरिदम रिसेट गर्ने तरिका: फिडलाई नयाँ र सान्दर्भिक बनाउन सजिलो उपाय

अहिले इन्स्टाग्राम रील्स सबैभन्दा लोकप्रिय सुविधामध्ये एक बनेको छ। शिक्षा, मनोरञ्जन, जीवनशैली, फिटनेस लगायतका छोटा भिडियोहरू प्रयोगकर्ताले धेरै हेर्ने गरेका छ…